क्रिस्चियन र कम्युनिस्टबीचको तीन समानता

  • देवप्रकाश त्रिपाठी

कम्युनिस्टहरू धर्म मान्दैनन्, गुरु मार्क्सले धर्मलाई अफिम भनिदिएकोले कम्युनिस्टहरू धर्म मान्ने र अफिम खाने कुरालाई सिद्धान्ततः बराबरीमा बुझ्ने गर्दछन् । मार्क्स पूर्वीय धर्म र दर्शनका ज्ञाता थिएनन्, उनले अवलम्बन गरेको विचार–दर्शन जीवन र जगत्को सृष्टि रहस्यको उत्खनन गर्नेतिर नभई केवल ‘पेट भर्ने ध्येयमा केन्द्रित’ छ ।

संसार एक समय देश, जाति र धर्मका आधारमा मात्र विभाजित थियो, मार्क्सले विभाजनको अर्को रेखा पनि कोरिदिए । धनी हुनु भनेकै शोषक अर्थात् अपराधी हुनु हो भन्ने मान्यता यिनले स्थापित गरे र, मानिसलाई अर्काको सम्पत्ति लुटेर खान पाइने वैचारिक धरातल खडा गरिदिए । मार्क्सले सनातनी वैदिक या बौद्ध धर्मको दार्शनिक आधारबारे राम्रोसँग अध्ययन गरेको उनका अभिव्यक्तिहरूले पुष्टि गरेको छैन । उनी यहुदी थिए र इसाई धर्मका मूल्य–मान्यता तथा राजकाजमा इसाईधर्मी प्रभावबाट हैरान थिए । त्यसपछि निष्कर्ष निकालिदिए– धर्म अफिम हो ।

वास्तवमा मार्क्सले जुन धर्मलाई लक्षित गरेर अफिम भनेका थिए त्यो अफिम, गाँजा, चरेस या सुर्ती के हो त्यसबारे अध्ययन गर्न सकिएला, तर उनले पूर्वीय धर्म र दर्शनको विस्तृत अध्ययन गरेका भए सनातन धर्मबाहेकका बारेमा मात्र उनको धारणा आउन सक्थ्यो, मार्क्सले चार्बाक पढेका भए भौतिकवादको विषयमा अझ स्पष्ट हुन सक्थे । वेद, वेदान्त, वैशेषिक, साङ्ख्य, मिमांसा, गीता र बौद्धजस्ता दर्शनको अध्ययन मार्क्सबाट भइदिएको भए उनको ‘पर्सेप्सन’ बदलिन पनि सक्थ्यो । द्वन्द्वात्मक भौतिकवादलाई अनुशरण गर्दै मार्क्सले साम्यवादको परिकल्पना गरे ।

देशहरूको विघटन नभई संसार राज्यविहीन नहुने र राज्यविहीनताको स्थिति नभएसम्म साम्यवाद स्थापना सम्भव नहुने स्पष्ट छ । त्यसैले कम्युनिस्टहरू साम्यवाद (राज्य विघटन) को गन्तव्य देखाउँदै राज्यसत्ताको स्थायी मालिक बनिरहने ठाउँसम्म आएर अड्किएका छन् ।

कम्युनिस्टहरूले जतिपटक दोहोऱ्याएर भने पनि वास्तवमा भौतिकवादी मार्गबाट साम्यवाद सम्भव हुने पुष्टि गर्न सकिन्न । कुनै पुरोहितले स्वर्गको सपना देखाउनु र मार्क्सले साम्यवादको परिकल्पना गर्नुका बीचमा सोचको आधारभूत अन्तर देखिँदैन, धर्ममा विश्वास गर्नेहरूले स्वर्गको परिकल्पना गरेजस्तै द्वन्द्वात्मक भौतिकवादीहरूले साम्यवादको कल्पना गरेका हुन् ।

यो अलग कुरा हो कि अध्यात्मवादीहरू लौकिक जीवनमा पनि आत्मचिन्तन र साधनाद्वारा आनन्दको प्राप्ति गर्न समर्थ हुन्छन् । यही जीवनमा साम्यवादी सुखको सपना देख्नेहरूचाहिँ जीवनभर सङ्घर्ष, छटपटी, तनाव र दुःखबाट गुज्रन्छन्, न यो जीवनमा आनन्द, न साम्यवाद प्राप्ति ! देशहरूको विघटन नभई संसार राज्यविहीन नहुने र राज्यविहीनताको स्थिति नभएसम्म साम्यवाद स्थापना सम्भव नहुने स्पष्ट छ । त्यसैले कम्युनिस्टहरू साम्यवाद (राज्य विघटन) को गन्तव्य देखाउँदै राज्यसत्ताको स्थायी मालिक बनिरहने ठाउँसम्म आएर अड्किएका छन् ।

सच्चा साम्यवादी (कम्युनिस्ट) को विचारमा देश या राज्यका पक्षधरहरू दक्षिणपन्थी र परम्परावादी हुन् । तर, रोचक कुरा के हो भने सैद्धान्तिक, वैचारिक र दार्शनिक दृष्टिले नै राष्ट्र (राज्य) विहीनताको पक्षमा रहेकाहरू नै सबैभन्दा बढी देशभक्त र राष्ट्रवादी आफैँ भएको दाबी गर्छन् । राज्य सत्ताविहीन संसार खोज्नेहरू सत्ताका निम्ति जेसुकै गर्न तयार भइदिन्छन्, गज्जबको विरोधाभाषपूर्ण चरित्र देखिन्छ कम्युनिस्टहरूमा ।

तर, धर्मलाई अफिम ठान्ने कम्युनिस्ट र क्रिस्चियन अभ्यासका बीच जति अन्तर देखिन्छ, केही रोचक सम्बन्ध र समानताहरू पनि यी दुई पक्षबीच भेटिन्छन् । खासगरी कम्युनिस्टहरूले अधिक प्रयोग गर्ने वामपन्थी र दक्षिणपन्थी शब्दको स्रोत इसाई धर्मको मान्यता र परम्परासँग सम्बन्धित छ । क्रिस्चियनहरू आत्मा र शरीरलाई छुट्याएर हेर्दैनन्, आत्मा नै शरीर हो र शरीर नै आत्मा हो भन्ने प्राचीन मान्यताका कारण उनीहरू मृत देहलाई नष्ट गर्न चाहँदैनन्, चिहानमा राख्ने गर्छन् । ‘वर्षमा एक दिन रातको समयमा परमेश्वर चिहानमा आउनुहुन्छ, सबै ‘मृतात्मा’लाई उठाउनुहुन्छ र आफ्नो दायाँ र बायाँतिर लामबद्ध गराउनुहुन्छ । त्यसरी लामबद्ध गराइँदा पापीहरूलाई बायाँ र धर्मात्माहरूलाई दायाँतर्फ राख्नुहुन्छ’ भन्ने इसाईधर्मीहरूको विश्वास रहेको छ ।

यही धार्मिक मान्यताको प्रभावमा परेर फ्रान्स र बेलायतका राजाले संसदभित्र समर्थकहरूलाई धार्मिक तथा सकारात्मक भएको अर्थमा आफ्नो दायाँतर्फ र विरोधी तथा असहमत पक्षलाई ‘पापी’ भन्ने अर्थमा बायाँतिर रहने व्यवस्था मिलाएका थिए । राजाले ‘पापी’ भन्ने अर्थमा बायाँतर्फ रहेकाहरूलाई कालान्तरमा वामपन्थी (बायाँ हाततर्फका) भन्न थालियो र कम्युनिस्टहरू ‘वामपन्थी’ भएकोमा गौरवानुभूति गर्दछन् ।

एक्काइसौँ शताब्दीका कम्युनिस्टको मूल लक्ष्य साम्यवाद नभई सत्ता बनेको छ र केवल सत्ताका निम्ति जुनसुकै कथकण्डा अपनाउन तत्पर रहने प्रवृत्ति उनीहरूमा देखिएको छ ।

यसरी कम्युनिस्ट र क्रिस्चियनबीचको प्राचीनतम मान्यतामा आधारित भएर जोडिन पुगेको छ । तर, भारत र नेपाललगायतको मुलुकका कम्युनिस्टहरूले इसाई मान्यतालाई पछ्याएर वामपन्थमा गौरवानुभूति गरेको नभई यसको रहस्यबारे जानकारी नभएकोले हुन सक्छ । यद्यपि कम्युनिस्ट र क्रिस्चियनबीचको समानता या सम्बन्ध यतिमै सीमित भने छैन ।

मार्क्सको जन्म हुनुभन्दा धेरै पहिलेदेखि नै इसाईहरूले साम्यवादी अभ्यास गरेका थिए । जिसस क्राइस्टका सूत्रहरूमा आधारित भएर कैयन शताब्दीअघि नै साम्यवाद स्थापनाको परिकल्पना गरिएको थियो । यस्तो विचारलाई क्रिस्चियन कम्युनिज्मका रूपमा बुझ्ने गरिन्छ र यसलाई निजीकरणविरुद्धको अवधारणाका रूपमा पनि लिइन्छ । क्रिस्चियन कम्युनिज्मको अवधारणाबाट प्रेरित भएर पाँचौँ शताब्दीमा युरोपमा शुरु भएको मज्दाक (MAZDAK) आन्दोलनलाई पनि साम्यवादमुखी आन्दोलन भनिन्छ ।

सोह्रौँ शताब्दीका ब्रिटिस लेखक थोमस मोरेले पनि आफ्ना रचनाहरूमा सामाजिकीकरण र साम्यवादको परिकल्पना गरेका थिए । इसाई धर्मावलम्बी मोरेले सम्पत्तिमा साझा स्वामित्वको विषयलाई जोडदार ढङ्गले उठाइरहँदा उनलाई तात्कालिक समाजले क्रिस्चियन कम्युनिस्टका रूपमा बुझेको थियो । सत्रौँ शताब्दीमा इंग्ल्यान्डमा चलेको प्युरिटन धार्मिक समूह (PURITAN RELIGOUS GROUP) को अभियानलाई पनि क्रिस्चियन कम्युनिस्ट आन्दोलनका रूपमा बुझिन्छ । डिगर्स (DIGGERS) का नामले समेत चिनिने उक्त धार्मिक समूहले निजी सम्पत्ति राख्ने प्रचलनविरुद्ध अभियान चलाएको थियो । खासगरी जमिनमा निजी स्वामित्व रहनुहुँदैन भन्ने उनीहरूको मान्यता थियो ।

यसरी शताब्दीयौँदेखि क्रिस्चियनहरूले प्रस्तुत गर्दै आएको साम्यवादी अवधारणालाई हिगल, कान्ट र फायरबाखलगायतका विद्वान्हरूले आ–आफ्ना तर्क र शिल्पमा प्रस्तुत गरेका थिए । यसै पृष्ठभूमिमा कार्लमार्क्सले द्वन्द्वात्मक भौतिकवाद र वर्ग–सङ्घर्षको विचारसँग साम्यवादलाई जोडेर सम्प्रेषण गरेका हुन् । वर्ग–सङ्घर्षको अवधारणाले युरोप र संसारका धेरै मुलुकलाई प्रभावित गऱ्यो, अझसम्म गर्दै छ । पुँजीपति वर्गविरुद्ध श्रमिक एकताबद्ध हुने र संसारमा श्रमिकहरूको सत्ता स्थापित गर्ने मार्क्सको विचारमा लेनिनले ‘राज्य विलोप गर्नका निम्ति कम्युनिस्टहरूले राज्यसत्ता सम्पूर्ण रूपले नियन्त्रणमा लिनुपर्ने’ व्यहोरा थपिदिएपछि विश्व राजनीतिमा कम्युनिस्टहरूको प्रकोप बढेको हो ।

गैरइसाई मुलुकहरूमा कम्युनिस्ट र क्रिस्चियनबीच अर्को प्रकारको समानता पनि भेटिन्छ । राज्यसत्ता प्राप्ति र त्यसमाथि एकलौटी नियन्त्रणका लागि सम्बन्धित मुलुकमा स्थापित राजनीतिक शक्ति, धार्मिक, सांस्कृतिक एवम् पारम्परिक मूल्य–मान्यताहरू जरैदेखि उन्मूलन गरिनुपर्छ भन्ने वैचारिक अवधारणा कम्युनिस्टहरूको हुन्छ । त्यसैले जुन मुलुकमा जस्तो प्रकारका राजनीतिक शक्ति स्थापित छन्, जुन धर्म, संस्कृति र परम्परामा मानिसको आस्था र विश्वास छ, त्यसलाई जरैदेखि ध्वस्त बनाउने कार्य कम्युनिस्टहरूबाट हुने गर्दछ ।

लेनिनको विचारमा कम्युनिस्टहरूले राज्यसत्ता कब्जा गर्नुपर्ने कारण अन्ततः त्यसको विघटनका निम्ति हो । तर, संसारबाट देशहरूको अस्तित्व नामेट तुल्याइने कार्य अत्यन्त कठिन मात्र नभई असम्भव प्रतीत हुन्छ । स्वयम् कम्युनिस्ट बनेकाहरू पनि पृथ्वीबाट देशहरूको अस्तित्व मेट्ने कार्य सम्भव देख्दैनन् । तथापि राज्यसत्ता कब्जा गरी सत्तामा स्थायी नियन्त्रण कायम गर्नेसम्मको काम कम्युनिस्टबाट हुँदै आएको छ । एक्काइसौँ शताब्दीका कम्युनिस्टको मूल लक्ष्य साम्यवाद नभई सत्ता बनेको छ र केवल सत्ताका निम्ति जुनसुकै कथकण्डा अपनाउन तत्पर रहने प्रवृत्ति उनीहरूमा देखिएको छ ।

गैरइसाई मुलुकहरूमा कम्युनिस्ट र क्रिस्चियनबीच अर्को प्रकारको समानता पनि भेटिन्छ । राज्यसत्ता प्राप्ति र त्यसमाथि एकलौटी नियन्त्रणका लागि सम्बन्धित मुलुकमा स्थापित राजनीतिक शक्ति, धार्मिक, सांस्कृतिक एवम् पारम्परिक मूल्य–मान्यताहरू जरैदेखि उन्मूलन गरिनुपर्छ भन्ने वैचारिक अवधारणा कम्युनिस्टहरूको हुन्छ । त्यसैले जुन मुलुकमा जस्तो प्रकारका राजनीतिक शक्ति स्थापित छन्, जुन धर्म, संस्कृति र परम्परामा मानिसको आस्था र विश्वास छ, त्यसलाई जरैदेखि ध्वस्त बनाउने कार्य कम्युनिस्टहरूबाट हुने गर्दछ । आफ्नो प्रभाव र पकड विस्तारका निम्ति क्रिस्चियनहरू पनि सम्बन्धित मुलुकको मौलिक धर्म, संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यता तथा त्यसलाई संरक्षण दिने राजनीतिक शक्तिका विरुद्ध क्रियाशील हुने गर्दछन् । क्रिस्चियन र कम्युनिस्ट दुवैले नेपालको सन्दर्भमा वैदिक सनातनी धर्म, परम्परा र संस्कृति तथा यसको संरक्षण गर्ने राजनीतिक शक्तिलाई ध्वस्त पार्न सम्पूर्ण बल लगाउनुको कारण पनि यही नै हो ।

धर्म अफिम हो भन्दै हिन्दू देवीदेवताका मन्दिर भत्काउने कम्युनिस्टहरूसँग क्रिस्चियनहरू नङ र मासुझैँ किन जोडिए भने नेपालको मौलिक धर्म, संस्कृति र शक्ति नास नगरीकन क्रिस्चियन धर्म विस्तार हुन नसक्ने उनीहरूको ठहर छ । त्यसैले माओवादीको हिंसात्मक युद्धदेखि अहिलेसम्म क्रिस्चियन र कम्युनिस्ट एउटै सिक्काका दुई पाटोझैँ बनेका या देखिएका हुन् । नेपाललाई इसाई मुलुकमा रूपान्तरण गरिसकेपछि क्रिस्चियनहरूले कम्युनिस्टलाई पनि विस्थापित गर्नेमा शङ्का गरिरहनुपर्दैन । तर, तत्कालका निम्ति क्रिस्चियन र कम्युनिस्ट दुवैलाई एक–अर्काको साथ अपरिहार्य हुन पुगेको छ ।

नेपालमा हाल क्रियाशील सबै राजनीतिक दलको तल्लो तहका नेता–कार्यकर्ता आज पनि नेपाली मौलिक धर्म, संस्कृति र परम्पराप्रति प्रतिबद्ध छन् । तर, प्रमुख राजनीतिक दलहरूभित्र ज्यालादारीमा खटिएका नेतारूपी प्राणीहरू एक झोला नगद, समृद्ध देशको भिसा र आफ्ना निजी सन्ततीको आप्रवासका निम्ति नेपालको आफ्नो धर्म, परम्परा र संस्कृति मेट्न दिलोज्यानले कस्सिएका छन् ।

कुनै बेग्लै उद्देश्यका निम्ति क्रिस्चियन बनेकाहरू वर्तमान कम्युनिस्टलाई आफ्नो सबैभन्दा भरपर्दा मित्रशक्ति ठान्ने गर्दछन् । आस्था र विश्वासका साथ इसाई धर्म अपनाउनेहरूको विचार–दृष्टिकोण यस लेखमा उल्लेख भएकोभन्दा भिन्न हुन सक्छ । तर, धर्मान्तरणलाई मुख्य उद्देश्य बनाएका इसाईहरूचाहिँ कम्युनिस्टको सबैभन्दा ठूलो हितैषी बनेका छन् ।

नेपाली जनता चालै नपाईकन क्रिस्चियन र कम्युनिस्टको माखेसाङ्लोमा परिसकेका छन् । अब यसबाट उन्मुक्ति पाउन नेपालीले एकपटक सङ्गठित पहल गर्नुपर्ने अपरिहार्यता वाञ्छित भइसकेको छ । नेपालमा हाल क्रियाशील सबै राजनीतिक दलको तल्लो तहका नेता–कार्यकर्ता आज पनि नेपाली मौलिक धर्म, संस्कृति र परम्पराप्रति प्रतिबद्ध छन् । तर, प्रमुख राजनीतिक दलहरूभित्र ज्यालादारीमा खटिएका नेतारूपी प्राणीहरू एक झोला नगद, समृद्ध देशको भिसा र आफ्ना निजी सन्ततीको आप्रवासका निम्ति नेपालको आफ्नो धर्म, परम्परा र संस्कृति मेट्न दिलोज्यानले कस्सिएका छन् ।

नेपालको रक्षा गर्न साँच्चै चाहनेहरूका निम्ति एउटा विकराल चुनौती थप्ने कार्य जिम्मेवार भनिएका राजनीतिक दलको नेतृत्वबाट नै भएको छ, तर के अब पनि हामी देश लुटिएको यसरी नै हेरिरहने हो ? कि देशको रक्षाका निम्ति ढिलो नगरीकन नयाँ पाइला चाल्ने हो, देशको एकमुठी माटो हातमा लिएर निर्णय गर्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया