विद्यालयस्तरीय विशेष खेलकुद हुने

विद्यालयस्तरीय विशेष खेलकुद हुने


राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २४औँ विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता वैशाख २६ गते बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपांगतर्फ प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।

दृष्टिविहीनतर्फ एक सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ एक सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, ७५ खेलाडी सहभागी हुने शारीरिक अपांगतर्फ १० स्पर्धा समावेश छन् । दुईदिने प्रतियोगिताका खेलहरू लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । हरेक स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ ।