भाजपा नेताको गोली हानी हत्या

भाजपा नेताको गोली हानी हत्या


अपरिचित बन्दुकधारीहरूले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एकजना स्थानीय नेताको हत्या गरेका छन् । भारत नियन्त्रित कस्मिरस्थित घरमै रहेका बेला उनीमाथि आक्रमण भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

उनीहरूका अनुसार स्थानीय ७० वर्षीय गुला मोहम्मद मिरको हत्या भएको हो । उनी अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष हुन् । घटनास्थल कस्मिरको राजधानी श्रीनगरबाट झन्डै ८६ किलोमिटर टाढा पर्छ ।

‘राति अबेर जबर्जस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथि प्रहार गरेको पाइयो,’ एक प्रहरी अधिकारीहरूले सिन्ह्वासँग भने । आक्रमणपछि सख्त घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भए पनि उनको बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीले विद्रोही लडाकुहरू हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेलाबेलामा यस्ता हत्याका घटना हुँदै आएका छन् ।