यहुदी प्रार्थनागृहमा गोली चल्दा एकको मृत्यु

यहुदी प्रार्थनागृहमा गोली चल्दा एकको मृत्यु


अमेरिकाको सानडियागोस्थित एउटा यहुदी प्रार्थनागृहभित्र प्रवेश गरेर एकजना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरू तीनजना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको छ भने एकजना यहुदी धर्मगुरु र दुईजना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहुदीविरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाए । अमेरिकी इतिहासमै यहुदी समुदायमाथि ६ महिनाअघि पिट्सबर्गको यहुदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो ।

सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेस्टले यहुदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्नेक्रममा उनैले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए । गोली लागेका तीनैजनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।