सेपाकताक्रोमा आर्मीद्वारा क्लिनस्विप

सेपाकताक्रोमा आर्मीद्वारा क्लिनस्विप


आठौँअन्तर्गत पाँचौँ राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ । बर्दियाको गुलरियामा वैशाख ९ गते सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गऱ्यो । त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष, महिला रेगुको फाइनल जितेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष, महिला दुवैमा आर्मी, प्रदेश १, ३, ४, ५ र ७ गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।