गैरआवासीय नेपाली सोसल क्लब (ओमान)को महाधिवेशन मिति तय

गैरआवासीय नेपाली सोसल क्लब (ओमान)को महाधिवेशन मिति तय


  • आरके श्रीवास्तव, ओमान

गैरआवासीय नेपाली सोसल क्लव ओमानको नियमित मासिक बैठक सम्पन्न भएको छ । १९ अप्रिल २०१९ शुक्रबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको छ।

बैठकले २८ जुन २०१९ शुक्रबारका दिन महाधिवेशन अयोजन गर्नको लागि मिति तय गरेको नेपाली क्लबले जनाएको छ । सन् २०१७-२०१९ सम्मको कार्यकाल सम्पन्न गरी अगामी दुई वर्षको लागि महाधिवेशन गर्न लागिएको हो ।

क्लबले एक सुचनामार्फत ओमानवासी सम्पूर्ण नेपालीलाई महाधिवेशन आयोजनको जानकारी सम्प्रेषण गर्दै यसलाई सफल बनाउन सहयोगको अपिल गरेको छ ।

यसैबीच गैरआवासीय नेपाली सोसल क्लब ओमानले नयाँ सदस्यताको लागि पनि आह्वान गरेको छ । अनलाइनमार्फत नयाँ सदस्यताका लागि आवेदन दिन सकिने क्लब का अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराएका छन् ।