धादिङ जेसीजद्वारा राजमार्गमा रक्तदान कार्यक्रम

धादिङ जेसीजद्वारा राजमार्गमा रक्तदान कार्यक्रम


धादिङ जेसीजले पृथ्वीराजमार्गस्थित नौबिसे चोकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नववर्ष २०७६ को उपलक्ष्यमा आज (बुधबार) आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको संस्थाका पुर्वअध्यक्ष जेसी सदिप विक्रम शाहले जानकारी दिए ।

रक्तदान कार्यक्रममा १५० जना सहभागी भएका र ४७ जनाले रक्तदान गरी पुण्य कमाएका शाहको भनाई छ ।

रक्तदान कार्यक्रम सफल तुल्याउन सहयोग गर्ने एवम् समस्त रक्तदातालाई धादिङ जेसीजका अध्यक्ष जेसी विनोदकुमार उप्रेती, पुर्वअध्यक्ष जेसी प्रमोद पाठक र सल्लाहकार जेसी प्रितम त्रिपाठीले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोग मिल्ने अपेक्षा एवम् विश्वास प्रकट गरेका थिए ।