बास्केटबलको सेमिफाइनल समीकरण पूरा

बास्केटबलको सेमिफाइनल समीकरण पूरा


आठौँअन्तर्गत १५औँ राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण वैशाख २ गते सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ ।

लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले हराए । प्रदेश ३ की सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ की अनिता भण्डारीले १७ र प्रहरीकी एलिशा मल्लले १५ स्कोर गरे ।

पुरुषतर्फ प्रदेश ३, आर्मी, प्रहरी र गण्डकी सेमिफाइनलमा पुगे । प्रदेश ३ ले एपीएफलाई ६०–५१, आर्मीले प्रदेश १ लाई ७६–५५, प्रहरीले प्रदेश ५ लाई ६८–४२ र गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ७७–४४ ले हराए । प्रदेश ३ का सदीश प्रधानले १९, आर्मीका आयुश सिंहले १६, प्रहरीका रितेश मगरले १७ र गण्डकीका सुदीप कार्कीले २१ अंक जोडे । सेमिफाइनलमा प्रहरीको भेट आर्मीसँग हुनेछ भने प्रदेश ३ ले गण्डकीविरुद्ध खेल्नेछ ।