महिला सिंगल स्क्वासमा कृष्णालाई स्वर्ण

महिला सिंगल स्क्वासमा कृष्णालाई स्वर्ण


आठौँअन्तर्गत ११औँ राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छिन् । ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोबिन लिगको फाइनलसरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्णा र भावनाले समान ४–४ खेल जितेका थिए ।

पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापामगर च्याम्पियन बनिसकेका छन् । विपना ब्लोन र स्वस्थानी श्रेष्ठ तेस्रो भए । दुवै प्रदेश ३ का हुन् । पुरुष टिममा प्रदेश ३ पहिलो भयो । फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो । प्रदेश १ र एपीएफ संयुक्त रूपमा तेस्रो भए ।