ट्रायथलनमा आर्मी र सशस्त्रको वर्चश्व

ट्रायथलनमा आर्मी र सशस्त्रको वर्चश्व


आठौँअन्तर्गत पोखरामा सम्पन्न ट्राइयाथलनमा विभागीय क्लब नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपिएफले सबै इभेन्टतर्फ पदक जितेर वर्चश्व कायम गरेका छन् ।

ट्राइयाथलनअन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारेका छन् । यसै गरी उक्त स्पर्धामा त्रिभुवन क्लबका वसन्त थारूले १ घन्टा ९ मिनेट ९ सेकेन्डमा दूरी पार गर्दै रजत पदक तथा एपीएफका नितेश मानन्धरले एक घन्टा १५ मिनेट ९ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक हात पारे ।
यसैगरी ट्राइयाथलनको महिलातर्फ एपीएफ क्लबकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दूरी पार गर्दै स्वर्ण पदक हात पारेकी छिन् । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी केशरी थापामगरले १ घन्टा २९ मिनेट ३० सेकेन्डमा दूरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक हात पार्न सफल भइन् ।

दुआथोलन स्प्रिन्टमा पुरुषतर्फ एपीएफ क्लबका लक्ष्मण मल्लले एक घन्टा एक मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारेका छन् । सोही प्रतियोगितामा नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी एक घन्टा एक मिनेट ५८ सेकेन्डमा पार गर्दै रजत र एपीएफका किरणकुमार मल्लले एक घन्टा चार मिनेट १६ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जितेका छन । उक्त स्प्रिन्टमा ५ किमि दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुने गर्छ ।

यसैगरी दुआथलन महिला स्प्रिन्टमा एपीएफकी हुमी बुढामगरले १ घन्टा १६ मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारेकी छिन् । यसैगरी नेपाल आर्मीकी निर्जला ताम्राकारले एक घन्टा १७ मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै रजत र एपीएफकी शकुन्तला बुढामगरले एक घन्टा २९ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक हात पारिन् ।

दुआथलन महिलातर्फ स्वर्ण र कांस्य पदक जित्ने हुमी र शकुन्तला दिदी बहिनी हुन् । उनीहरू दुवैजना अल्ट्रा धाबिकाको रूपमा आफूलाई स्थापित गरिसकेका छन् । कक्षा १२ मा अध्ययनरत हुमी सन् २०१८ हङकङमा सम्पन्न अल्ट्रा रेसकी विजेतासमेत हुन भने उनी अब दुई महिनापछि हुने ५० किलोमिटर अल्ट्रा रेसमा सहभागिताका लागि जापान जाने तयारीसमेत गर्दै छिन् ।

यसअघि प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यसप्रकारका प्रतियोगिताहरूले खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । विजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा विकास समितिका अध्यक्ष दीपक कोइराला, नेपाल ट्राइयाथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला ट्राइयाथलन संघका अध्यक्ष सुमन देवकोटालगाएयतले विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।