मनाङ घ्याल्सुम्दो समाज काठमाण्डौंको अध्यक्षमा प्रेमलाल

मनाङ घ्याल्सुम्दो समाज काठमाण्डौंको अध्यक्षमा प्रेमलाल


मनाङ घ्याल्सुम्दो समाज, काठमाण्डौंको अध्यक्षमा प्रेमलाल लामा चयन भएका छन् । समाजको हालै सम्पन्न अधिवेशनबाट लामा सर्वसम्मत चयन भएका हुन् । लामा मनाङस्थित बगरछापका हुन् ।

यस्तै, समाजको उपाध्यक्षमा मान बहादुर लामा (चामे), महासचिवमा सुनिता घले (चामे), सचिवमा रविन्द्र लामा (चामे), कोषाध्यक्षमा खम्सुङ पुनेल (थोंचे) चयन भएका छन् । यस्तै, समाजमा चयन भएका सदस्यहरूमा क्रमशः दोर्जे बिष्ट (बगरछाप), लोब्साङ लामा (थोंचे(तिल्चे), सुभद्र लामा (थोंचे) र रेणुका लामा (बगरछाप) रहेका छन् ।

सामाजिक कार्यमा बिशेष योगदान दिदै आएको यस समाजका नयाँ पदाधिकारीहरुलाई घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष छिरिङ राप्के लामाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।