बारा आँधी प्रकरणका मृतकप्रति ओमानमा श्रद्धाञ्जली सभा

बारा आँधी प्रकरणका मृतकप्रति ओमानमा श्रद्धाञ्जली सभा


  • आरके श्रीवास्तव, ओमान

३१ मार्च २०१९ आइतबार साँझ आएको आँधीहुरी र असिना प्रकरणमा ज्यान गुमाएकाहरूप्रति गैरआवासीय नेपाली सोसल क्लब ओमानले दुःख व्यक्त गरेको छ ।

प्रदेश नम्बर २ मधेसको बारा र पर्सा जिल्लामा ३० जनाभन्दा बढिको दुःखद निधन भएकोप्रति क्लबद्वारा हार्दिक समवेदना र ४०० भन्दा बढि घाइतेको सीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । उक्त दुःखद घटनाको भोलिपल्ट बेलुकी राजधानी मस्कटमा मृतकहरूको समझनामा मैनबत्ती जलाएर श्रद्धाञ्जली सभाको आयोजन गरी मृतकहरूको आत्माको चीरशान्तिको कामना गरिएको थियो ।

अचानक आएको विनाशकारी प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिले ओमानस्थित क्लबका सदस्यहरूसहित सबै नेपालीलाई स्तब्ध बनाएको छ । यस प्रकोपबाट पीडित घरपरिवार तथा व्यक्तिहरूलाई संघमार्फत प्राथमिक सहयोगका लागि राहत स्वरूप नेपाली रूपैयाँ १ लाख सहयोग गर्ने प्रतिबद्धता सोसल क्लबले गरेको छ ।

साथै अझ बढि सहयोगका लागि ओमानवासी नेपालीहरूलाई हातेमालो गरी गैरआवासीय नेपाली सोसल क्लब ओेमानको बैंक खाता नम्बर ०३३ १०५३०६६८७०००१८ मा इच्छुक व्यत्तिmलाई सहयोग रकम जम्मा गर्न आह्वान गरिएको क्लबका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएका छन् ।