प्रज्ञा जोशी ठगीको आरोपमा पक्राउ

प्रज्ञा जोशी ठगीको आरोपमा पक्राउ


ठगी गरेको आरोपमा कलाकार तथा निर्माता प्रज्ञा जोशी आइतबार पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।

जग्गाको कारोबारमा उनले दिएको चेक बाउन्स भएपछि जोशीविरुद्ध प्रहरीमा उजुरी परेपछि सोही उजुरीको आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेको हो । उनी लामो समयदेखि इटहरीमा बस्दै आएकी थिइन् ।