बस सञ्चालक समितिलाई एक किलो सुनको चिट्ठा

बस सञ्चालक समितिलाई एक किलो सुनको चिट्ठा


कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनाको बम्पर पुरस्कारअन्तर्गतको एक किलो सुन पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्राप्त गरेको छ । समितिको वीरगञ्ज शाखा कार्यालयलाई एक किलो सुनको बम्पर पुरस्कार परेको हो ।

समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरिद गर्ने भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिएका छन् । आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने उनले बताए ।

सो समितिमार्फत् देशका विभिन्न स्थानमा एक हजार ३७८ बसले यातायात सेवा दिँदै आएका छन् ।