नवीनको सेकेन्ड क्लासमा बढुवा

नवीनको सेकेन्ड क्लासमा बढुवा


तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठ सेकेन्ड क्लास निर्णायकमा बढुवा भएका छन् । थर्ड क्लास निर्णायक भएको ८ वर्षको अवधिमा नवीन सेकेन्ड क्लासमा बढुवा भएका हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको आधारमा बढुवा हुने चलन रहेको नवीनले बताए ।

नवीन नेपाल तेक्वान्दो संघअन्तर्गतको निर्णायक कमिटीका संयोजकका साथै संघका सचिव पनि हुन् । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नवीनलाई चैत ११ गते सोमबार विश्व तेक्वान्दोबाट प्राप्त परिचयपत्र हस्तान्तरण गरेका थिए ।