लुम्बिनी अस्पताललाई २५ लाखको उपकरण

लुम्बिनी अस्पताललाई २५ लाखको उपकरण


बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गरिएको छ । ‘लायन्स क्लब अफ बुटवल स्टार्स’ले रु २५ लाख बराबरको चार उपकरण हस्तान्तरण गरेको हो ।

अस्पतालमा सोमबार एक कार्यक्रम गरी लायन्स क्लब बुटवलका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल र मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णप्रसाद खनाललाई संयुक्त रुपमा उक्त उपकरण हस्तान्तरण गरे ।

कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सरकारी अस्पतालको सेवा प्रवाह, स्तर, सुविधा र गुणस्तर वृद्धि गरेर बिरामीलाई सहज सेवा दिन निर्देशन दिए ।