सुजनलाई तेक्वान्दोमा कास्य

सुजनलाई तेक्वान्दोमा कास्य


नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका छन् ।

हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न उक्त च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ गुरुङले कास्य पदक जितेको नेपाली टोलीका व्यवस्थापक कुमार लामा घिसिङले जानकारी दिए ।

फाइटको ५८ किलोमुनि तौलसमूहको सेमिफाइनलमा घिसिङ चीनका सिकोम किम्पोसँग ९–४ अङ्कले पराजित भए । उनले प्रिक्वार्टरफाइनलमा सिङ्गापुरका नोचाम्बो लिकाओलाई ९–७ अङ्कले तथा क्वार्टरफाइनलमा मङ्गोलियाका तोमातोरेट मिसिम्बोलाई १३–९ अङ्कले पराजित गरेका थिए ।