गएराति त्रिशुलीमा यात्रुबाहक बस खस्यो

गएराति त्रिशुलीमा यात्रुबाहक बस खस्यो


सोमबार राति त्रिशुलीमा यात्रुबाहक बस खसेको छ । चितवनको मुग्लिनबाट कुरिनटारतर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार ‘काठमाडौँ टु बाग्लुङ’ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । तर बसमा चालकबाहेक अन्य यात्रुहरु भने नरहेको जनाइएको छ । बसभित्र सोही बसका चालक, सह–चालक र एकजना अर्को बसका चालक रहेको प्रहरीको भनाइ छ । उनीहरु सबै घाइते भए पनि सहचालकको अवस्था गम्भीर छ ।

बस चितवनको इच्छाकामना–५ घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो ।