आजको पञ्चाङ्ग एवम् राशिफल (१० चैत २०७५ आइतबार, २४ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० चैत २०७५ आइतबार, २४ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं.११३९ वसन्त ऋतु वि.सं. २०७५ चैत्र १० गते रविबार तद्अनुसार सन् २०१९ मार्च २४ तारिख चैत्र कृष्णपक्ष चतुर्थी तिथि स्वाती नक्षत्र ११ः३१ पर विशाखा नक्षत्र हर्षण योग बब करण १३ः३७ पर कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ६ः०६ मा भयो र सूर्यास्त साँझ १८ः१६मा हुनेछ । शुभ समय अभिजित–११ः४८ देखि १२ः३३, राहु काल– १६ः४२ देखि १८ः१४, दिशा शूल–पश्चिम । विश्व क्षयरोग दिवस ।

आजको राशिफल :

मेष राशि – मिठो भोजन मिल्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । धरको सुखशान्ति बढ्नेछ । जीवनसाथीको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । लगानी वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु बेस होला ।

बृष राशि – आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । शुभता बढ्ला ।

मिथुन राशि – आज चन्द्रमा पाँचौँ स्थानमा भ्रमणशील हुनेछ । कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । यश वर्चश्व बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । कुनै वस्तुको सुख प्राप्त हुनेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्ला । प्रेममा सफलता प्राप्त होला । सन्तान सुख बढ्ला । इष्टमितको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

कर्कट राशि – संघर्ष र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु हितकर रहला । आयस्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । कार्यमा सफलता मिल्नुको साथै पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला ।

सिंह राशि – सुख समृद्धि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । आशा उत्साहमा बढोतरी हुनेछ । नयाँ सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनुहुनेछ ।

कन्या राशि – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको माया ममता मिल्नेछ । इष्टमित्र एवम् सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।

तुला राशि – भोगविलासमा आकर्षण बढ्नेछ । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा सफलता मिल्नेछ । प्रेम पथमा सफल हुनुसँगै पारिवारिक सुख शान्ति पनि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्नेछ । सुख शान्तिमा वृद्धि होला ।

वृश्चिक राशि – लगानी बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र सन्तान सुख बढ्ला ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर राशि – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । राजकीय काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ राशि – चन्द्रमा भाग्यघरमा भ्रमणशील होला, फलस्वरुप शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख आनन्द आरोग्यता धन मान महत्व बढ्नेछ । यात्रा होला । धर्मकर्ममा रुचि बढ्ला ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख शान्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

साताको राशिफल पनि हेर्नुहोस् –

साताको राशिफल (चैत्र ९–१५, २०७५, सन् २०१९ मार्च २३¬२९)
https://ghatanarabichar.com/142702