साताको राशिफल (चैत्र ९-१५, २०७५, सन् २०१९ मार्च २३-२९)

साताको राशिफल (चैत्र ९-१५, २०७५, सन् २०१९ मार्च २३-२९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको चाडपर्व

शनिबार– नाला मत्स्येन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस । आइतबार– विश्व क्षयरोग दिवस । विहिबार–अन्तर्राष्ट्रिय रङ्गमञ्च दिवस, अष्टमी व्रत्त, गोरखकाली पूजा, शीतलाष्टमी, वासेरा । शुक्रबार– दु दु च्याँ च्याँ ।

 

साताको राशि फल

मेष राशि – शनिबार र आइतबारतिर आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । धन सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्नेछ । लगानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । भागदौड चलिरहला । सुखसुविधाको वस्तु किन्नमा खर्च गर्नुहुनेछ । सोमबार र मंगलबार र बुधबारतिर भागदौड व्यस्तता रहला, विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । जोखिमप्रति सचेत रहनुपर्नेछ । विहीबार र शुक्रबार शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको साथ पाइनेछ । शारीरिक र आर्थिक बल वृद्धि होला । सुख–आनन्दमा पनि रुचि बढ्ला । यात्रा होला । धर्मकर्ममा प्रवृति बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्थिक पक्ष सवल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा सहभागी हुनुसँगै मान पुरस्कार पनि मिल्नेछ । सुखशान्ति गौरव बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

बृष राशि – साताका प्रारम्भिक पाँच दिन लाभदायक र अन्नधनवर्द्धक रहनेछन् । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आँट साहस पराक्रम बढ्नेछ । छैठौँ र सातौँ दिनहरूमा घुमफिर गर्नुहुनेछ । हासविलासमा आकर्षण बढ्नुको साथै सुख सुविधाको वस्तु बढ्नेछ । बढी खर्चमाथि नियन्त्रण राखेर योजना बजेट बनाइ कार्य गर्नु हितकर रहला । धन सम्पत्ति बढ्नुको साथै साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासको प्रवृत्ति बढ्ला । शुभ काममा सफलता मिल्नेछ । मान महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । रोगबाट छुटकारा मिल्नेछ । सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन राशि – साताको प्रारम्भिक पाँच दिनमा रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । प्रेमको क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै मित्रवर्गको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । छैठौँ र सातौँ दिनमा आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोत्तरी हुनेछ । यात्रा होला । आशा उत्साह बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । धनको लगानीप्रति सचेत रहनुपर्नेछ । लापर्वाही नगरी योजना बनाइ काम गर्नु उचित रहनेछ, तथापि आरोग्यता र धन सम्पत्ति बढ्नेछ । विवादमा नपरे बेस रहला ।

कर्कट राशि – साताका प्रारम्भिक दुई दिन त्यति अनुकूल हुने देखिँदैन । तेस्रो, चौथो र पाँचौं दिन शुभ र सफलतादायक रहनेछन् । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक पक्षसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश बर्चश्वमा वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । छैठौँ र सातौँ दिनमा आयस्रोत बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसंगै उधारो लगानी लगाइएको धन उठ्नेछ ।

सिंह राशि – साताका प्रारम्भिक दुई दिनमा यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनु हुनेछ । धर्मकर्ममा प्रवृत्त रहनु हुनेछ । मान पुरस्कार प्राप्त होला । आय वृद्धि होला । लगानी उठ्नेछ । यात्रा होला । आशा उत्साह बढ्नेछ । तेस्रो, चौंथो र पाचौँ दिनमा अनावश्यक खर्च र यात्रा हुने सम्भावना रहनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । छैठौँ र सातौँ दिनमा कर्म पथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – साता शुभ र सफलताकारक रहनेछ । साझेदारीसँग सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । अन्तिम दुई दिन शुक्रबार र विहीबार भागदौड व्यस्तता रहला । अनावश्यक यात्रा र खर्च बढ्ने सम्भावना रहनेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विवादमा लाग्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

तुला राशि – साताको आरम्भिक दिनमा शुभता बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । साताका सबै दिनहरू समय धन यश मान महत्ववर्द्धक रहनेछन् । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ । संयम र विवेकले काम गर्नु बेस रहला ।

वृश्चिक राशि – साता अत्यन्तै शुभ छ । प्रारम्भिक दिनहरूमा बौद्धिक र रचनात्मक कार्य बन्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । सुख सम्पति बढ्नुसँगै प्रेमको पथमा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्नेछ । मध्यतिर आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । अन्तिम दिनहरूमा सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

धनु राशि – साताका प्रारम्भिक दुई दिनमा देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख शान्ति बढ्नेछ । अरुमाथि बढि भर नपरी आफ्नै बल–विवेकले काम गर्नु उचित रहला । विवाद आदिमा नपर्नु बेस रहला । तेस्रो, चौंथो र पाँचौँ दिनमा पारिवारिक सुख शान्ति बढ्नुसँगै इष्टमित्रसित पनि राम्रो रहनेछ । कला, साहित्य, गीत–संगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । छैठौँ र सातौँ दिनमा आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

मकर राशि – साताको शुरुवाती दुई दिन शुभ र सफलता दायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख शान्ति बढ्नेछ । यात्रा होला । आँट पराक्रम बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको सहगोग प्राप्त होला । तेस्रो, चौंथो र पाँचौं दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला तर प्रयास र परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । मान महत्व बढ्नुसँगै ख्याति फैलिनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । छैठौँ र सातौँ दिनतिर मित्रमिलन हुनेछ । प्रेममा सफलता मिल्ला । सुख शान्ति मिल्नेछ । आर्थिक र रचनात्मक कार्य पनि बन्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । लगानी बढ्ला ।

कुम्भ राशि – साताको आरम्भिक दुई दिनमा नियम–कानूनको साथ मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । यस पछिका तीन दिनमा बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सभा समारोहमा मान पुरस्कार प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काम साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । छैंठौँ र सातौँ दिनमा भागदौड लागिरहला । आयस्रोत बढ्नेछ । लगानी उठ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । हुन त कार्यमा सफलता मिल्ला तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ । सुख आनन्द ऐश्वर्य वृद्धि होला ।

मीन राशि – साताको सुरुका दुई दिन मिश्रित फलदायक रहनेछन् । जोखिमप्रति सचेत रहनुपर्नेछ । बाँकी दिनहरू अत्यन्तै शुभ र भाग्यवर्द्धक छन् । मान यश सुख समृद्धि बढ्नेछ । यश बर्चश्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । आर्थिक वार्तामा सफलता मिल्ला । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । कार्यव्यपारमा सफलता मिल्नुसँगै सुख ऐश्वर्य पनि वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीहरूको सहयोग समर्थन मिल्नेछ ।