युरोपियन करातेमा सुस्मीलाई कांस्य

युरोपियन करातेमा सुस्मीलाई कांस्य


नेपालकी सुस्मी श्रेष्ठले २९औँ ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी पछन् । सुस्मीले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाई कराते संघका महासचिवसमेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् ।

नेदरल्यान्डको हेगमा भएको प्रतियोगितामा सुस्मी होल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसँग अंक आधारमा चुकेपछि सुस्मी कांस्यमै सीमित भइन् ।

प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिकासमेत निर्वाह गरेको बताइएको छ । प्रतियोगिता मार्च १६ र १७ तारिखमा भएको थियो ।