पूर्व मुमा बडामहारानी रत्न डिस्चार्ज

पूर्व मुमा बडामहारानी रत्न डिस्चार्ज


गत फागुन २१ गते उपचारार्थ नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिनुभएकी पुर्व श्री ५ मुमा बडामहारानी रत्नलाई डिस्चार्ज गरिएको छ । उहाँलाई पूर्ण स्वास्थ्यलाभ भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उहाँको उपचारमा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवं सरोकारवाला सबै र शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबै शुभेच्छुकलाई पुर्व श्री ५ ज्ञानेन्द्र एवम् राजपरिवारका सदस्यहरूबाट धन्यवाद प्रदान गरिएको जानकारी दिइएको छ ।