पाल्ने वहानामा किनेको गाई काटेपछि…

पाल्ने वहानामा किनेको गाई काटेपछि…


गाई काटेको आरोपमा भरतपुर (चितवन)मा दुई व्यक्ति पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दाबी गरेअनुसार उनीहरुले पाल्ने भनेर छिमेकीसँग शनिबार किनेको गाई मासु खाने उद्देश्यले काटेका थिए । उनीहरुका साथबाट प्रहरीले मासुसमेत बरामद गरेको छ ।

अभियुक्तहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।

ज्ञात रहोस्, संविधानतः धर्मनिरपेक्ष मुलुक भए पनि राष्ट्रिय जनावर गाई काट्नु र मासुको बेचबिखन गर्नुलाई अवैध मानिन्छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न मार्न नपाइने उल्लेख छ । यसको बर्खिलाप गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।