तेक्वान्दोको ग्रेडिङ कमिटीको संयोजकमा गुरुङ

तेक्वान्दोको ग्रेडिङ कमिटीको संयोजकमा गुरुङ


राष्ट्रिय तेक्वान्दो संघ नेपालले केन्द्रीय ग्रेडिङ कमिटी गठन गरेको छ । चैत ३० गते बिहीबार गठन गरेको उक्त ग्रेडिङ कमिटीको संयोजकमा नेपाल तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ तेक्वान्दो प्रशिक्षक ध्रुवबहादुर गुरुङलाई मनोनयन गरेको छ ।

त्यस्तै, संघले ग्रेडिङ कमिटीको उपसंयोजकमा प्रेमबहादुर भुजेल र सचिवमा राकेशकुमार राईलाई मनोनयन गरेको छ । सो कार्यक्रममा संघका अध्यक्ष शिव कोइराला (ज्वाला), महासचिव राजकुमार कार्कीलगायतका संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।