साताको राशिफल (चैत २-८, २०७५, सन् २०१९ मार्च १६-२२)

साताको राशिफल (चैत २-८, २०७५, सन् २०१९ मार्च १६-२२)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको चाडपर्व :

आइतबार– आमलकी एकादशीव्रत । सोमबार– सोमप्रदोषव्रत, गोविन्दद्वादशी । बुधबार– पूर्णिमाव्रत, राति २०ः३९ बजेपछि रात्रौ चिरदाह, पहाडी भेगमा होली । विहीबार–फागुपूर्णिमा, होलिपुन्ही, तराईमा होली, वसन्ता दिस्तैलाभ्यङ्गम, चूतपुष्पप्राशनम, नाला मत्स्येन्द्रनाथस्नानम, गणगौरपूजा प्रारम्भ, जातीय उत्पिडनविरुद्ध दिवस । शुक्रबार– विश्व पानी दिवस ।

साताको राशिफल :

मेष राशि – साताको प्रथम दिन आंँट उत्साह वर्द्धक र उन्नतिकारक रहला । रोकिएको धन उठ्ला र नयाँ आयस्रोत खुल्नेछ । रोकिएको काम बन्नेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । आइतबार र सोमबारतिर मान महत्व बढ्नेछ । यात्रा होला । समस्याको समाधान मिल्नेछ । दायित्व बढ्ला । मनोकूलको काम बन्नुसँगै विजयश्री मिल्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । मंगलबार र बुधबारतिर प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्द बढ्ला । साताका अन्तिम दुई दिन शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मिठो भोजन मिल्ला । धन मान बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बन्नेछ ।

बृष राशि – साताको अघिल्लो दिन शुभ फलदायक रहनेछ । शारीरिक र आर्थिक क्षेत्रसित सम्बन्धित कार्यमा लाग्नु बेस रहला । ऐनकानूनले साथ दिनेछ । धन यश मान महत्व बढ्नेछ । मंगलबार र बुधबारतिर भागदौड व्यस्तता बढ्नेछ । कठोर मिहीनेतको बलले समस्याको समाधान मिल्नेछ । विहीबार र शुक्रबारतिर अन्न धन वृद्धिकारक रहला । सुख शान्ति बढ्नेछ । यात्रापरक काम बन्नेछ । रोकिएको धन प्राप्त हुनेछ । खेलकूद भ्रमण कार्यमा रूचि बढ्नेछ । नयांँ दायित्व मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ । मान सम्मान बढ्नेछ । सुख समृद्धि बढ्नेछ । मिठो भोजन खान पाइनेछ । आय वृद्धि होला । लगानी उठ्नेछ ।

मिथुन राशि – साताको प्रथम दिन भाग्यवर्द्धक सावित होला । टाढाको यात्रा हुनेछ र मान सम्मान बढ्नेछ । मनोकुलको काम बन्ला । भोगविलासमा रुचि बढ्ला । प्रगति हुनेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन मिल्नेछ । सुख शान्ति समृद्धि बढ्ला । आइतबार र सोमबारतिर बोली र व्यक्तित्वको प्रभाव बढ्ला । नयाँ काम बन्नेछ । आलश्य दूर होला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । धन यश मान महत्व बढ्ला । मंगलबार र बुधबारतिर धन वृद्धि हुनेछ । आयस्रोत बढ्ला । शुभ काममा आकर्षण बढ्ला र यात्रा होला । आशा उत्साह बढ्ला । धन सम्पत्ति वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । विहीबार र शुक्रबारतिर भागदौड बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हासविलासमा मन लाग्ला । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ । यश वर्चश्व बढ्नेछ ।

कर्कट राशि – साताको प्रथम दिनमा जोखिमपूर्ण काममा नलाग्नु हितकर रहला । नियम कानूनलाई उपेक्षा नगर्नु बेस रहनेछ । खर्च र लगानी बढ्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । दोस्रो र तेस्रो दिन यात्रा, नयाँ सफलता र धन–मानको लागि शुभ सावित हुनेछन् । मिठो भोजन मिल्नेछ । तेस्रो, चौंथो, पाँचौं, छैठौँ र सातौँ दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछन् । धन सम्पत्ति सुख शान्ति आरोग्यतामा वृद्धि हुनेछ । नयाँ सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । बौद्धिक रचनात्मक र कलात्मक कार्य बन्नेछ । यात्रामा सफलता मिल्नुसँगै धर्मकर्ममा प्रवृति बढ्ला ।

सिंह राशि – साताको पहिलो दिन मिठो भोजन खान पाउनुहुनेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति सुख शान्ति आरोग्यतामा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्ला । प्रेममा सफलता प्राप्त होला । विद्या बुद्धि बढ्ला । इष्टमित्र सन्तानको साथ पाइनेख । दोस्रो र तेस्रो दिनमा कुनै पनि प्रकारको शारीरिक र आर्थिक कार्यमा ध्यान दिनुपर्नेछ । आरोग्यतामा सचेत रहनुपर्ला । खर्च बढ्ला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । चौंथौं र पाँचौँ दिनमा मान प्रतिष्ठा बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । छैठौँ र सातौँ दिनमा नयाँ मान महत्व मिल्नेछ । शारीरिक र आर्थिक सुख बढ्ला । यश बर्चश्व बढ्नेछ । पारिवारिक सुखशान्ति वृद्धि हनेछ ।

कन्या राशि – सप्ताहको अघिल्लो दिनमा सुख समृद्धि बढ्नेछ । मनोकुल काम बन्ला । विवादमा नपर्नु उचित हुनेछ । दोस्रो र तेस्रो दिन आरोग्यतादायक, सुख समृद्धिप्रदायक रहनेछन् । प्रेम होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति इष्टमित्र बढ्लान् । मिठो भोजन मिल्नुको साथै मान प्रतिष्ठादायक तथा सफलताकारक रहला । चौंथो, पाँचौँ, छैठौँ र सातौँ दिनतिर ऋण र शत्रुसित लड्ने क्षमता बढ्ला । शुभता बढ्नुको साथै भाग्योदय पनि हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्ला । रोकिएको काममा सफलता मिल्नेछ । सुख आनन्दमा वृद्धि हुनेछ ।

तुला राशि – साताको प्रथम दिनमा विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । मित्रमिलन हुनेछ । प्रेममा पनि सफलता मिल्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । दोस्रो तेस्रो र चौंथो दिनमा आरोग्यता बढ्ला । शत्रुसित लड्ने शक्ति बढ्नेछ । आर्थीक पक्ष बलियो बन्नेछ । विवादमा नपर्नु र अरुको भर नपरी काम गर्नु उचित होला । पाँचौँ दिनतिर नयाँ कार्य बन्नेछ । मिठो खान पाउनुको साथै हाँसविलासमा आकर्षण बढ्नेछ । प्रेम पात्र र इष्टमित्र सन्तान आदिको साथ मिल्नेछ । सातौँ दिनतिर स्वास्थ्य र दूर्घटनाप्रति सतर्कताको आवश्यकता रहला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक राशि – साताको प्रथम दिनमा जोखिमको काममा नपर्नु बेस होला । धन मान महत्व बढ्नेछ । दोस्रो तेस्रो चौंथो र पाँचौँ दिनमा आँट उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । सुख समृद्धि ऐश्वर्य बढ्नेछ । छैठौँ र सातौंँ दिनमा आयवृद्धि हुनेछ र भागदौड बढ्नेछ । विवाद आदिमा नपरी अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु राम्रो रहला । सुख आनन्दवर्द्धक र सफलतादायक सावित हुनेछ । नयाँ–नयाँ विकासका अवसर मिल्नेछ ।

धनु राशि – शनिवार आँट हिम्मत बढ्नेछ । यात्रा हुनुको साथै कार्यमा पनि सफलता मिल्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । आइतबार र सोमबारतिर अनावश्यक खर्च र अनावश्यक विवाद आदिदेखि सतर्क रहनु उचित हुनेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्य र चोटपटक लाग्न सक्ने कुरामा सचेत रहनुपर्नेछ । मंगलबार र बुधबारतिर वार्तामा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । भोजभतेरमा भाग लिनुहुनेछ । मान पुरस्कार प्राप्त होला । विहीबार र शुक्रबारतिर प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सहयोग योग मिल्नुको साथै ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । विजयश्रीको प्राप्ति हुनेछ । आँट उत्साह बढ्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । राजकाजमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । यश वर्चश्व बढ्ला ।

मकर राशि – साताको प्रथम दिन आरोग्यतावर्द्धक रहला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति बढ्ला । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु बेस रहला । दोस्रो र तेस्रो दिन सफलता प्रदायक र उन्नतिकारक रहलान् । आशा उत्साह बढ्नुको साथै सुख शान्तिमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । चौंथौ र पाँचौंँ दिनतिर व्यर्थको खर्च अनावश्यक यात्रा र विवाद आदि हुने डर रहनेछ । आर्थिक पक्ष र मान पुरस्कार आदिसित सम्बन्धित काममा सचेत रहनुपर्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । छैठौँ र सातौँ दिनतिर आरोग्यता बढ्नुको साथै नयाँ सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला ।

कुम्भ राशि – साताको सुरुको दिन विभिन्न प्रकारले सफलताप्रदायक रहनेछन् । सुख समृद्धि बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । पारिवारिक र बौद्धिक विकास पनि हुनेछ । दोस्रो, तेस्रो, चौंथो र पाँचौँ दिनमा भागदौड र अस्तव्यस्तता बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । सुख आनन्द मान महत्व आरोग्यता बढ्नेछ । छैठौं र सातौँ दिनमा कुनै प्रकारको जोखिममा नपर्दा बेस रहला । नियम–कानूनलाई ध्यानमा राख्नु पर्नेछ ।

मीन राशि – साताको प्रथम दिन कठोर परिश्रमले काम बन्ने धन बढ्ने र सामान बढ्ने खालको देखिन्छ । आलश्य नगर्नु नै उत्तम रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । बाँकी दिनहरू सुख–सफलतादायक रहनेछन् । आरोग्यता बढ्ला । नयाँ सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । मिठो भोजन खान मिल्नेछ । आर्थिक उन्नति हुनुको साथै मान प्रतिष्ठा बढ्नेछ । यश वर्चश्व बढ्ला । उन्नतिपदोन्नति हुनेछ । विजयश्री मिल्नेछ ।