चीर ठड्याएपछि शुरु भयो होली

चीर ठड्याएपछि शुरु भयो होली


काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीबिरंगी कपडाहरूको ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएपछि यसपालिको रंगहरूको पर्व होली शुरु भएको छ ।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा चीर ठड्याएपछि यस वर्षको होली पर्व औपचारिक रूपमा शुरु भएको हो । प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । सोही चलनअनुसार आज चीर ठड्याइएको हो । सो अवसरमा नेपाली सेनाको गुर्जु पल्टनले हर्षबढाइँसमेत गरेको थियो ।

यस वर्ष काठमाडौंलगायतका पहाडी जिल्लामा चैत ६ गते बुधबार र तराईका जिल्लामा चैत ७ गते बिहीबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने प्रचलन रहेको छ ।