विद्यालयमा गोली चल्दा आठको मृत्यु, १७ घाइते

विद्यालयमा गोली चल्दा आठको मृत्यु, १७ घाइते


ब्राजिलको साओ पाउलोनजिकै रहेको एक विद्यालयमा गोली चल्दा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले दिएको जानकारीमा भनिएको छ– सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दुकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँचजनाको मृत्यु भएको बताएका छन्, तर यहाँको प्रसिद्ध एक टेलिभिजन टीभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुन सक्ने र जम्मा आठजनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रसारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् ।