पाठक पत्र

पाठक पत्र


pathakmanch‘हिन्दूराष्ट्र नै हो हाम्रो अभियान’
शान्ति, स्थायित्व र विकासका साथै भ्रष्टाचारमुक्त नेपालको आवाज बुलन्द गर्दै आएको ‘नेपाल मुक्ति मञ्च’ संविधानको प्रारम्भिक मस्यौदामा उल्लेख गरिएको धर्मनिरपेक्षताको सख्त खिलापमा छ । मञ्चले यही साउन २ गते बृहत् मोटरसाइकल ¥यालीको आयोजना गरी आमनेपालीको भावनाविपरीत लेखिएको मस्यौदाको घोर विरोध जनाइसकेको छ भने यस कार्यमा हासिल भएको जनसमर्थनबाट हौसिँदै तत्काल हिन्दूराष्ट्रको स्थापनार्थ थप कार्यक्रम लिएर आउने भएको छ । नेपाली जनता अब मुलुकमा मनपरी भएको टुलुटुलु हेरेर खुम्चिँदै बस्ने अवस्थामा छैनन् । सारा नेपाली एकजुट भई हिन्दूराष्ट्र कायम गर्न सङ्घर्षको मैदानमा उत्रनेछन्, ‘नेपाल मुक्ति मञ्च’को यो विश्वास हो, यही नै हाम्रो सद्उद्देश्य पनि हो ।
– श्याम खड्गी (अध्यक्ष, नेपाल मुक्ति मञ्च)