आजको पञ्चाङ्ग एवम् राशिफल (२८ फागुन २०७५ मंगलबार, १२ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ फागुन २०७५ मंगलबार, १२ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सम्वत् ११३९ वि.सं. २०७५ फाल्गुण २८ गते मंगलबार तद्अनसार सन् २०१९ मार्च १२ तारिख फाल्गुण शुक्लपक्ष षष्ठी तिथि कृतिका नक्षत्र वैधृति योग १२ः४६ पर विषकुम्भ योग कौलब करण १३ः३३ पर गर करण आनन्दादिमा गद योग चन्द्रमा विहान ७ः४१ बजेसम्म मेष राशिमा र त्यसपछि बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः२० मा भयो र सूर्यास्त साँझ १८ः१० मा हुनेछ । शुभ समय अभिजित–११ः५० देखि १२ः३८, राहु काल–१५ः१२ देखि १६ः४१, दिशा शूल–उत्तर ।

आजको राशिफल :

मेष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । पारिवारिक सुख–शान्ति बढ्नेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – आरोग्यता बढ्नेछ । मिठो भोजन हासिल हुनेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार हात पर्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । प्रेमसुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइबीच आमोद प्रमोदमा रमाउनुहुनेछ । रचनात्मक कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला ।

मिथुन राशि – यात्रा हुने र भागदौड बढ्ने सम्भावना रहनेछ । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु अझ बेस होला । हासविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र कार्यमा लापर्वाही गर्नु उचित हुनेछैन । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर सोचिविचारी गर्नु उचित होला । धर्मकर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हीतकर रहला ।

कर्कट राशि – आयस्रोत बढ्ला । रोकिएको धन उठ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । ऊर्जा बढ्नेछ । सुख–शान्ति ऐश्वर्य बढ्नेछ । आरोग्यता बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम पनि बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखक रहला । मान प्रसिद्धि बढ्नेछ ।

सिंह राशि – आर्थिक र बौद्धिक प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुनेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । राजकीय काम बन्ला । उनन्ति–पदोन्नति हुनेछ । विजयश्री मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । सुख सुविधा बढ्नेछ ।

कन्या राशि – धर्मकर्ममा रुचि बढ्ला । उन्नति पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठोभोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

तुला राशि – नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु बेस होला । मान वृद्धि हुनेछ । सुख–समृद्धि बढ्ला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । शैक्षिक, बौद्धिक, साहित्यीक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । भोगविलाससित सम्बन्धित कार्यमा रुचि बढ्ला । इष्टमित्र सन्तान आदिसित सम्बन्धित शुभता बढ्नेछ । आमोदप्रमोदमा आकर्षित हुनुहुनेछ । योजना र बजेट बनाइ काम गर्नु बेस होला ।

वृश्चिक राशि – आज सुख–शान्ति बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आय स्रोत बढ्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ । आफन्त सुख मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । साहसिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मील्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला ।

मकर राशि – बौद्धिक र रचनात्मक काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको साथ मिल्नेछ । यात्रा हुनेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान–महत्व बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – सोचिविचारी काम गर्नु उचित हुनेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ तथिपि जोखिमप्रति सचेत रहनुपर्नेछ । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण राख्नुपर्ला । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुनेछैन । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऐंनकानूनको उपेक्षा नगर्नु हीतकर रहला ।

मीन राशि – सुख आरोग्यता बढ्नेछ । मान महत्वमा वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नेछ । यात्रापरक काममा पनि सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । भोगवलासमा रुचि बढ्ला । ख्याति फैलिनेछ । साथीभाइको साथ मिल्नेछ ।