अष्ट्रेलियामा रवीन्द्रको सम्झना

अष्ट्रेलियामा रवीन्द्रको सम्झना


हेलिकप्टर दुघंटनामा ज्यान गुमाएका पर्यटनमन्त्री एवम् नेकपाका नेता रवीन्द्र अधिकारीको स्मृतिमा ‘पोखरा समाज अष्ट्रेलिया’ले सिड्नीमा शोकसभा आयोजना गरेको छ ।

सिड्नीको कोग्रा पार्कमा आयोजित शोकसभामा समाजका अध्यक्ष राजकुमार अधिकारीले मूलुकले आशालाग्दो र विकासप्रेमी नेता गुमाएको भन्दै दुःख ब्यक्त गरे । रवीन्द्र कुनै एक दलका मात्र नभई सबै पक्षबाट सह्राइएका नेता भएको उनको धारणा थियो ।

यस्तै, संस्थाका महासचिव दिपक पहारीले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुड, एनआरएनए अष्ट्रेलियाका आईसीसी सदस्य होम पाण्डे, एनआरएनए अष्ट्रेलियाका सचिव तथा संस्थाका सल्लाहकार देव गुरुङ, एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अच्युत थपलिया, ओएनएफ अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डे, वरिष्ठ उपाध्यक्ष राजन बस्नेत, भिएएफएमका संरक्षक महेश प्रसाई, कोग्रा अभिभावकको तर्फबाट प्रविन मल्ल, जनसम्पर्क समिति अष्ट्रेलियाको तर्फबाट कृष्ण गिरी, सितल खाण गिरी र संस्थाका उपाध्यक्षÞ राजन केसी लगायतले रविन्द्र अधिकारीको बारेमा बोल्दै नेपाली राजनीतिमा स्वर्गीय अधिकारीको योगदानको स्मरण गरेका थिए ।