प्रधानमन्त्रीद्वारा प्रदेश सभा सदस्य वलीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा प्रदेश सभा सदस्य वलीको निधनप्रति दुःख व्यक्त


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित श्रद्धाञ्जील सभामा प्रधानमन्त्री ओलीले प्रदेश सभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरे । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वर्गीय वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए । ०७४ मा भएको प्रदेश सभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन नेकपा (एमाले)तर्फबाट वली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

माघ २४ गते सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद वलीको ३७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । वलीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका सचिवालय सदस्य वामदेव गौतम, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतका नेताले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।