वीर अस्पतालको लिफ्ट चुँडिँदा दुई मजदुरको मृत्यु

वीर अस्पतालको लिफ्ट चुँडिँदा दुई मजदुरको मृत्यु


उनीहरू निर्माण सामग्री लिएर लिफ्टबाट माथि जाँदै थिए । माथि जाने क्रममा लिफ्ट चुँडिएपछि उनीहरू गम्भीर घाइते बनेका थिए ।

घाइतेलाई वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा लाने क्रममा दुईजनाको मृत्यु भएको थियो । अर्का एकजनाको ट्रमा सेन्टरमै उपचार भइरहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन भने अस्पतालले पनि यस विषयमा केही जानकारी दिएको छैन ।