प्रदेश ७ छनोट कबड्डीमा कञ्चनपुर पहिलो

प्रदेश ७ छनोट कबड्डीमा कञ्चनपुर पहिलो


आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ७ छनोट प्रतियोगिताको महिला कबड्डीमा कञ्चनपुर पहिलो भएको छ । कञ्चनपुरको पुर्नावासमा भएको फाइनलमा कञ्चनपुरले दार्चुलालाई ६९–२३ ले पराजित गरेको हो ।

बाजुरा र कैलाली संयुक्त रुपमा तेश्रो भए । फागुन १० गते शुक्रबारदेखि पुरुष कबड्डी सुरु हुने कबड्डी प्रमुख प्रशिक्षक तारासिंह भाटले जनाएका छन् ।

शुक्रबारै फुल कन्ट्याक्ट कराते, पुरुष बास्केटबल र महिला फुटबलको छनोट पनि हुने आयोजक सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत धर्मराज ओझाले जनाए ।