आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०७५ शुक्रबार, २२ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०७५ शुक्रबार, २२ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सम्वत् ११३९ वि.सं. २०७५ फाल्गुण १० गते शुक्रबार तद्अनसार सन् २०१९ फेब्रुअरी २२ तारिख फाल्गुण कृष्णपक्ष तृतीया तिथि १५ः११ पर चतुर्थी तिथि हस्ता नक्षत्र शूल योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा कन्या राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ मा भयो र सूर्यास्त साँझ १७ः५९ मा हुनेछ । शुभ समय अभिजित– ११ः५५ देखि १२ः४०, राहु काल– १०ः५० देखि १२ः१८, दिशा शूल– पश्चिम । भद्रा दिउँसो १५ः११ बजेसम्म रहनेछ । कन्या राशिमा भद्रा पताल लोकमा रहने हुँदा अति आवश्यक काम गर्न सकिन्छ ।

आजको राशिफल :

मेष राशि – विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । प्रेम सुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइबीच आमोदप्रमोदमा रमीरहनुहुनेछ । रचनात्मक कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला ।

मिथुन राशि – यात्रा हुने र भागदौड बढ्ने सम्भावना रहनेछ । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु अझ बेस होला । हासविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र कार्यमा लापर्वाही गर्नु उचित हुनेछैन । ठूलो रकमको लगानी र महत्ववपूर्ण कागजपत्रमा हस्ताक्षर सोचिविचारी गर्नु उचित होला । धर्मकर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हीतकर रहला ।

कर्कट राशि – विकासको नयाँ सम्भावना देखापर्ला । ऊर्जा बढ्नेछ । सुख–शान्ति ऐश्वर्य बढ्नेछ । आरोग्यता बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखद रहला । मान प्रसिद्धि बढ्नेछ ।

सिंह राशि – आर्थिक र बौद्धिक प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार भेट्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । सुख–सुविधा बढ्नेछ ।

कन्या राशि – आरोग्यता बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धन–सम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठोभोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

तुला राशि – यश मान वृद्धि हुनेछ । सुख समृद्धि बढ्ला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । भोगविलाससित सम्बन्धित कार्यमा रुचि बढ्ला । इष्टमित्र सन्तान आदिसित सम्बन्धित शुभता बढ्नेछ । आमोदप्रमोदमा आकर्षित हुनुहुनेछ । योजना र बजेट बनाइ काम गर्नु बेस होला ।

वृश्चिक राशि – आज सुख शान्ति बढ्नेछ । लट्री लाग्ला । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ । आफन्त सुख मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति पदोन्नति हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । विशेष दायित्व पाउनु हुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

मकर राशि – दूर देशसित सम्बन्धित काम बन्नेछ । यात्रा हुनेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान–महत्व बढ्ला । सुख–आनन्दमा वृद्धि हुनेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – सोचिविचारी काम गर्नु उचित हुनेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ तथापि जोखिमप्रति सचेत रहनुपर्नेछ । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण राख्नुपर्ला । मिठो भोजन मिल्नेछ । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऐंनकानूनको उपेक्षा नगर्नु हितकर रहला ।

मीन राशि – सुख आरोग्यता बढ्नेछ । मान महत्वमा वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नेछ । यात्रापरक काममा पनि सफलता मिल्नेछ । भोगवलासमा रुचि बढ्ला । ख्याति फैलिनेछ । जीवनसाथीको सहयोग मिल्नेछ । खर्च बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।