समाजकल्याण परिषदका पदाधिकारी पदमुक्त

समाजकल्याण परिषदका पदाधिकारी पदमुक्त


सरकारले समाजकल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ । बदनियत र कानुनविपरीत काम गरेको भन्दै सरकारले समाजकल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको हो ।

सरकारले परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यद्वय कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो ।

केही दिनअघिको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयबारे सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएका हुन् ।

सरकारले त्यहाँ भएका आर्थिक, प्रशासनिकलगायतका अनियमितताबारे पनि थप अनुसन्धान गरी कानुनी कारबाहीका लागि त्यससम्बन्धी प्रतिवेदनको प्रतिलिपि अख्तियारमा पठाउने निर्णय पनि सरकारले गरेको मन्त्री बाँस्कोटाले बताए ।