नेकपाको एकतासम्बन्धी कार्यदल विवादमा

नेकपाको एकतासम्बन्धी कार्यदल विवादमा


नेकपाको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । पार्टी एकता गर्ने विषयमा सुझाव दिन गठित पार्टी एकता प्रस्ताव कार्यदलले यसबारे ठोस कार्य गर्न नसकेकोले यसै विषयमा सचिवालय बैठक बसेको हो ।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव राखेको र अन्य सचिवालय सदस्य त्यसको विरुद्धमा रहेको बुझिएको छ ।

बैठक केहीबेर चलेपछि भोलि बिहान नौ बजेका लागि स्थगित भएको हो । आजकै छलफलबाट शुरु गर्ने गरी भोलि ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए ।