भ्रष्टाचार अभियोगमा चीनका पूर्वप्रधानसेनापतिलाई आजीवन जेल सजाय

भ्रष्टाचार अभियोगमा चीनका पूर्वप्रधानसेनापतिलाई आजीवन जेल सजाय


चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला सुनाइएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेका थिए ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएअनुसार चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेवारीबाट हटाइएको थियो ।

सैन्य अदालतले नै फाङलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सिन्ह्वाले जनाएको छ ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् र पनि भ्रष्टाचार भने जारी नै छ ।