तालिबान कमाण्डरसहित ३१ लडाकुको मृत्यु

तालिबान कमाण्डरसहित ३१ लडाकुको मृत्यु


अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी लुकेर बसेका १७ लडाकू मारिएका छन् ।

सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।

उक्त सुरक्षा कारबाहीको क्रममा तीन सुरक्षा अधिकारीहरुले पनि ज्यान गुमाएका र अन्य चार सुरक्षा अधिकारी सामान्य रुपमा घाइते भएका बताइएको छ । सो कारबाहीको तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररुबीच भएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् । सरकारी सुरक्षाबलले सो इलाकामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको थियो ।

सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्बसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ । जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारी तालिबान लडाकूबीच भएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।

सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ । सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।