सात अंकले घट्यो नेप्से, सेयर ११ सयनजिक

सात अंकले घट्यो नेप्से, सेयर ११ सयनजिक


धितोपत्र बजारमा सोमबार पनि सेयरको मूल्य घटेको छ ।

लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक सात दशमलव २१ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५१ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलव आठ बिन्दुले घटेर २३४ दशमलव ३६ बिन्दुमा पुगेको छ । कुल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता सेयर रु. २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका एघार उपसमूहमध्ये आज दुई उपसमूहको सेयर बढेको छ भने नौ उपसमूहको सेयर घटेको छ । होटेल नौ दशमलव पाँच र उत्पादन उपसमूह शून्य दशमलव २४ बिन्दुले बढेको छ । यस्तै, बैंकिङ आठ दशमलव तीन, व्यापार चार दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त शून्य दशमलव ३६, निर्जीवन बिमा १२ दशमलव ८८, अन्य नौ दशमलव ६४, लघुवित्त छ दशमलव ७४ र जीवन बिमा १९ दशमलव शून्य आठ बिन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले नौ दशमलव ९५ प्रतिशत, हिमालयन डिस्ट्रिलरी तीन दशमलव ८३, नेबिल बैंक संस्थापक सेयर तीन दशमलव १८ प्रतिशतले कमाएका छन् ।

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सिङ नौ दशमलव शून्य नौ, घलेम्दी हाइड्रो पावर छ दशमलव ६६, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७१, नागबेली लघुवित्त वित्तीय संस्था पाँच दशमलव ४३, कञ्चन डेभलपमेन्ट बैंक पाँच दशमलव ३३, अरुण काबेली पावरका सेयरधनीले चार दशमलव ५१ प्रतिशतले गुमाएका छन् ।