नेविसङ्घको तदर्थ समितिमा ३२ वर्ष उमेर हदको माग

नेविसङ्घको तदर्थ समितिमा ३२ वर्ष उमेर हदको माग


कांग्रेसले निर्माण गरिदिन लागेको नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन संघका नेताहरुले माग माग गरेका छन् । विगठित नेवि सङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महरको विरुद्ध रहँदै आएका महामन्त्री कुन्दनराज काफ्लेले पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका हुन् ।

विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य नहुने चेतावनी उनले पत्रकार सम्मेलनमा दिए । तदर्थ समितिले ६ महिनाभित्रै महाधिवेशन गर्नुपर्ने काफ्लेको भनाइ थियो ।

उपाध्यक्ष रहेका अर्का विद्यार्थी नेता रामप्रसाद अधिकारीले कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप लगाए ।