विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव गराउन माग

विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव गराउन माग


नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको चुनाव गराउन माग गरेका छन् । प्राधिकरण आधिकारिक ट्रेड युनियनको दुई वर्षे कार्यकाल आगामी फागुन १९ गते सकिन लागेको भन्दै चुनाव गराउन माग गरिएको हो ।

प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूको संयुक्त बैठकले २०७६ बैशाख १९ गते चुनाव गराउन व्यवस्थापन र श्रम कार्यालयलाई अनुरोध गरेका छन् । प्राधिकरणमा अहिले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निकट रहेका संगठन क्रियाशील छन् ।

दुई वर्षअघि काँग्रेस सम्बद्ध कर्मचारी संघले आधिकारिक ट्रेड युनियनको चुनाव जितेको थियो । अर्को, आधिकारिक ट्रेड युनियन पदाधिकारी चयन गर्न कार्यकाल सकिएको दुई महिनाभित्र निर्वाचन गराउनुपर्नेमा अधिकांश कर्मचारीको जोड छ । सबै संगठनको बिहीबार (फागुन २ गते) बसेको संयुक्त बैठकले आगामी दुईवर्षे कार्यकालका लागि चुनाव गराउन माग गर्ने निर्णय गरेको छ ।