एजुकेशन फेयर आयोजना गर्दै एजुकेशन एण्ड माइग्रेशन कर्नर

एजुकेशन फेयर आयोजना गर्दै एजुकेशन एण्ड माइग्रेशन कर्नर


  • राजन घिमिरे

शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरले काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । पुतलीसडकमा रहेको शंकरदेव कलेजसँगैको माधवी टावरस्थित फेयर कर्नरको कार्यालयमा फ्रेबुअरी १७ र १८ तारेख गरी दुई दिन फेयर आयोजना हुने बताइएको छ ।

फेयरमा अष्ट्रेलियाका १० भन्दा बढी कलेज एवम् यूनिर्भसिटीहरूको सहभागिता रहने र उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि यो फेयर लाभदायक हुने आयोजकको दाबी छ ।

एजुकेशन एण्ड माइग्रेशन कर्नरका निर्देशक सुनिल उप्रेतीका अनुसार एउटै छानामुनि शिक्षासम्बन्धी जानकारी दिने तयारी छ । अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले काठमाडौं, हेटौँडा, पोखरा, चितवन, झापा लगायतका शहरबाट विद्यार्थीहरूलाई शिक्षासम्बन्धी सेवा प्रदान गरिरहेको छ ।

फेयरमा सहभागी हुन आउने विद्यार्थीहरूका लागि पनि कर्नरले विभिन्न सुविधा प्रदान गर्ने भएको छ । फेयरमा सहभागी हुनासाथ हरेक विद्यार्थीलाई दुई सय रूपैयाँको सिमकार्ड प्रदान गरिने छ भने अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरूलाईलाई १० हजारसम्मको छात्रवृत्ति उपलब्ध गराइने भएको छ । साथमा लक्की ड्रमार्फत विभिन्न पुरस्कारहरू प्रदान गरिनेसमेत कार्यक्रम रहेको छ । ‘हामी फेयरमा आउनु हुने विद्यार्थीहरूलाई आफ्ना डकुमेन्टहरु साथमा ल्याउन अनुरोध गर्दछौँ, किन भने केही कलेज र यूनिर्भसीटीले अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीहरूलाई तुरून्त अफर लेटर पनि दिनेछन्,’ उप्रेतीले जानकारी दिए ।

पछिल्लो समय उच्च शिक्षा अध्यनका लागि आकर्षकको गन्तब्य बनिरहेको अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरूका लागि यो फेयर लाभदायक र जानकारीमूलक हुने दाबी गरिएको छ ।