महिन्द्राको युभो ट्रयाक्टर बजारमा

महिन्द्राको युभो ट्रयाक्टर बजारमा


  • पुनहरि बेल्बासे, भैरहवा

महिन्द्रा कम्पनीको युभो नामक नयाँ ट्रयाक्टर बजारमा आएको छ । भैरहवामा आयोजित एक कार्यक्रमका बीच महिन्द्राको युभो ४१५ डिआइ र २७५ डिआइ ओआइबी ट्याक्टर लन्च गरिएका छन् । पश्चिम क्षेत्रको आधिकारिक बिक्रेता अम्बुमार्केटिङद्वारा उक्त ट्रयाक्टरहरू लन्च गरिएको हो । भारतमा नम्बर १ मानिएको महिन्द्रा कम्पनी नेपालमा पनि सहज रुपमा बिक्रि भएको र धेरै ग्राहकहरुको मन जित्न महिन्द्रा ट्रयाक्टर सफल भएको अम्बु मार्केटिङका प्रमुख पर्शुराम पराजुलीले बताए ।

महिन्द्रा कम्पनीको ट्रयाक्टर पहाडमा उक्कालो ओरालो गरी मालसामान पुऱ्याउन, तराईमा सामान ओसारपसार गर्न र खेत जोत्नको लागि मजबुत भएकोले नेपाली बजारमा नम्बर १ रोजाइमा परेको महिन्द्रा कम्पनीको नेपालका लागि मार्केटिङ प्रमुख देवेन्द्र मल्हत्राले दाबी गरे ।

महिन्द्रा ट्रयाक्टरको आधिकारीक डिलर अम्बु मार्केटिङले भैरहवामा रहेर लामो समयदेखि काम गर्दै आएकोले नयाँ–नयाँ मोडलका ट्रयाक्टरहरू समयअनुसार भित्राउने गरेको बताउँदै नेपालमा गुणस्तरीय ट्रयाक्टरको रुपमा चिनिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कुलप्रसाद न्यौपानेले बताए ।

‘लक्की ड्र’मार्फत मोटरसाइकल र सुनको सिक्री

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको ट्रयाक्टरको आधिकारीक बिक्रेता अम्बु मार्केटिङमार्फत दशैं विशेष अफरमा खरिद गरिएका ट्रयाक्टर धनीहरूलाई ‘लक्की ड्र’मार्फत विभिन्न उपहार प्रदान गरिएको छ । प्रथम पुरस्कार रुपन्देहीको रोहिणी गाउँपालिका–१ बगाहानिवासी वैश खानले प्राप्त गरेका छन् । उनले महिन्द्रा कम्पनीको मोटरसाइकल प्राप्त गरेका हुन् । दोस्रो पुरस्कार कपिलवस्तुको महाराजगञ्जका चुनिलाल अहिरले १ तोला सुनको सिक्री प्राप्त गरेका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजानाका रामप्रसाद केवटले तेस्रो पुरस्कारको रुपमा सामसुम एन्रोयड मोवाइल प्राप्त गरेको अम्बु मार्केटिङका प्रमुख पराजुलीले जानकारी दिए ।