सिड्नीमा गरूण पुराण

सिड्नीमा गरूण पुराण


  • राजन घिमिरे, सिड्नी

‘माईजू दर्शन’ ! यतिबेला नेपाली चलचित्रहरुको भिडमा यो संवाद निकै चलचिरहेको छ । कलाकार नाजिर हुसैनले बोलेको यो सम्बाद हो चलचित्र गरूण पुराणको ।

नेपालमा प्रदर्शन भइसकेको चलचित्र गरूण पुराण अब सिड्नीमा प्रदर्शन हुने भएको छ । हास्यप्रधान यस चलचित्रलाई सिड्नीमा हैट क्रियशनले ल्याउन लागेको हो भने चलचित्र प्रदर्शनबारे थप जानकारी दिँदै राजिव शेरचन थकालीले १० फ्रेबुअरीका दिन हर्सभिलमा रहेको सिभिक थिएटरमा साँझ ६ बजे गरूण पुराण प्रदर्शन हुने जानकारी दिए ।

सुभाष कोइरालाको निर्देशन रहेको चलचित्रमा नाजिर हुसैन, कर्मा, प्रवीण खतिवडा र प्रियंका सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र हेर्न चाहने सिड्नीेवासीले www.asapticket.com.au बाट टिकट काट्न सकिने जानकारी गराइएको छ।