नायक नै खलनायक : लेखक र समीक्षकबीच ‘म्याचफिक्सिङ’को गन्ध

नायक नै खलनायक : लेखक र समीक्षकबीच ‘म्याचफिक्सिङ’को गन्ध


  • ई. महेन्द्र पराजुली

आत्मवृत्तान्तको बाढी नै आएको बेला बजारमा आएका दुईवटा पुस्तकले राम्रो–नराम्रो दुवै कोणबाट उत्तिकै चर्चा पाएका छन् । नेपाली काङ्ग्रेसको केही कालखण्डको इतिहास बुझ्न र न्यायालयमा हुने विकृति–विसङ्गति जान्न चाहने जोकोहीको पनि ध्यान आकर्षण हुनु स्वाभाविकै हो ।

टिम्बुरबोटे काण्डमा राम–लक्ष्मणले सदाहत प्राप्त गरेको, त्यस्तै गरेर अन्य राजनीतिक घटनाक्रमको समय र सन्दर्भलाई लिएर शाही नेपाल वायुसेवा निगमको जहाज अपहरण काण्डका नायक दुर्गा सुवेदी खलनायकका रूपमा प्रस्तुत हुँदै आफ्नो पुस्तक ‘विमान विद्रोह’मा बीपी कोइरालासँग गरेको संवाद अनि नेपाली काङ्ग्रेसको गौरवमय इतिहासलाई प्रभावित गर्न काङ्ग्रेसको विगत तोडमोड गर्दै र बङ्ग्याउँदै आफूलाई ठूलै क्रान्तिकारीको ताज पहिरिन गरेको प्रयास र उनकै श्रीमती सुशीला कार्कीले आफूलाई अब्बल दर्जाको पगरी गुथाउँदै आफ्नो पुस्तक ‘न्याय’मा राम–लक्ष्मणसँग नेपथ्यमा गरेको अन्तरङ्ग वार्ता अनि उनले सर्वाेच्च न्यायालयको नेतृत्व गर्दा उनको विचार र कार्यशैलीसँग विमति राख्ने सरकार पार्टी नेता तथा समकक्षी सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश मात्रै नभएर अन्य पेसा व्यवसायका व्यक्तिहरूमाथि पनि धावा बोल्दै उनीहरूको मानमर्दन गर्दै त्यसै किसिमका शब्दावली प्रयोग गर्दै अनौठो अनि रोचक ढङ्गले बेसुरमा पस्केका पुस्तकका धेरैजसो अंशले पाठकलाई भ्रम पैदा गर्छन् ।

पाठकलाई आँखामा छारो हाल्नेखालका प्रस्तुत प्रसङ्ग अनि घटनाले पाठकलाई कतै यो पूर्वाग्रह अनि प्रायोजित त छैन सोच्न बाध्य बनाउँछ । दुर्गा सुवेदी र सुशीलाले उल्लेख गरेका प्रसङ्ग र घटनाका केही विषयमा भाका मिल्नु, तारतम्य मिल्नु केवल संयोग अथवा कागताली मात्र पर्न गएको अवस्था मान्न सकिँदैन ।

राम–लक्षमणको सुनुवाइ गर्ने वकालत अनि सिफारिस गर्ने त्यस्तो के नै हैसियत थियो र दुर्गा अनि सुशीलाको । प्रसङ्ग अनि घटनाक्रमहरूलाई नाटकीय शैलीमा प्रस्तुत गर्नुले नेपाली काङ्ग्रेसको इतिहासले दुर्गा र न्यायालय मात्रै नभएर नेपालको इतिहासले माफ गर्नेछैन सुशीला कार्कीलाई । आफ्नो प्रशंसामा पुल बाँध्दै अनि आफूसँग विमति राख्नेप्रति कडा रोष प्रकट गर्दै आफूलाई संरक्षण अनि प्रेरणा दिनेलाई आदर्श र प्रेरकका रूपमा चित्रित गर्दै उनीहरूप्रति भक्तिभाव देखाउँदै अनुग्रही बन्दै तिनैको प्रशंसामा शब्द खर्चंदै कतिपय प्रसङ्ग र घटनाक्रमहरू अमूर्त, अप्रासाङ्गिक, कपोकल्पित, अनर्गल विवाद उत्पन्न गर्ने खालका अनि सत्य–तथ्यको नजिकसम्म नभएका आजका मितिसम्म कसैले पनि पुष्टि नगरेका भ्रामक र झुटा विवरण दिएर नेपाली काङ्ग्रेसप्रति दुराशय राखेर नकारात्मक र गलत सन्देश प्रवाह गर्दै काङ्ग्रेसका कार्यकर्ता भड्काउन खेलिएको कार्ड त्यस्तै गरेर धमिलो पानीमा माछा मार्ने कुनियतले सुनियोजित षड्यन्त्र गर्दै भावनामा बहकिएर बुनिएको विवादास्पद प्लटको कडीका रूपमा लिन सकिन्छ दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’ र सुशीला कार्कीको पुस्तक ‘न्याय’लाई ।

नेताहरूका प्रसङ्ग अनि घटनाक्रमहरू दुर्गा सुवेदी र उनकी धर्मपत्नी सुशीला कार्कीले आफ्नो पुस्तकमा उजागर गरेका विषयवस्तु त्यसबेला पार्टीको नेतृत्व तहमा रहेका नेता–कार्यकर्ता जीवित नरहेको अवस्थामा नेपाली काङ्ग्रेसको इतिहास अनि नेतृत्वले प्रमाणित र पुष्टि नगरेका घटना समय घर्की नेटो काटेपछि अनधिकृत रूपले उठान गर्नु भनेको आफ्नो पुस्तकको सस्तो बजारू प्रचारका लागि कसैको अवशानमा आफ्नो उत्थान खोज्न गरिएको जबर्जस्त दुस्प्रयास अनि आफ्नो विज्ञापन मात्र हो । दुर्गा सुवेदी र सुशीला कार्कीले फालेको तुरूप खिया लागेका भुत्ते हतियार साबित हुनेछन् । दुर्गा र सुशीलाको चरित्र उदाङ्गिएको छ, नाङ्गिएको छ ।

सुशीला कार्कीले आफ्नो पुस्तक ‘न्याय’को हाम्रो मिलन राजनेताको पुनर्मिलन अध्यायमा ‘मेरो जीवनका केही लक्ष्य र प्राथमिकताहरू थिए जसका कारण प्रेम र विवाहजस्ता कुरा मेरो पहिलो प्राथमिकतामा परेनन् ।’ ‘म मेरो पेसामा व्यस्त छु परिवारका सदस्य र मान्यजनलाई सेवा–सुसार गर्ने मसँग समय छैन । खाना बनाएरसमेत ख्वाउने समय नभएपछि विवाह गर्नुको औचित्य के ? मेरो निम्ति त श्रीमतीजस्तो श्रीमान् चाहिएको थियो लक्ष्यमा पुग्न मलाई साथ दिने प्रेरक व्यक्ति चाहिएको थियो जुन असम्भव थियो ।’ ‘म कलेजजीवनमा फर्किएँ जतिबेला दुर्गा सुवेदी हाम्रा विद्यार्थी नेता हुनुहुन्थ्यो । सरल स्वभाव, मिजासिलो आनीबानी र आफ्नो काममा प्रतिबद्ध भएकै कारण उहाँ हामी सबैको प्रिय नेता बन्नुभएको थियो । उहाँ धूम्रपान–मद्यपान सेवन नगर्ने, कसैप्रति वैमनश्य नराख्ने शुद्ध आचरण भएको हुनुहुन्थ्यो । धनकुटाबाट धरानको पिण्डेश्वरीमा पढ्न आएपछि उहाँ घर फर्किनुभएको रहेनछ । दाजुभाइ आ–आफ्नो घर–व्यवहारमा लागिसकेका, मातापिताविहीन टुहुरो हुनुहुन्थ्यो उहाँ ।’ ‘मेरो विवाह मेरा माइती पक्षलाई मन परेको थिएन । यसका खास कारण केही थिए । त्यही कारण पनि मेरो माइतीमा आउजाउ कम भयो । कलेज पढदा भित्री मनले मन पराएको मान्छेलाई पतिको रूपमा पाउँदा मेरो कल्पना र उडानले सफलता हात पारेको थियो ।’

सुशीलाले विवाह प्राथमिकतामा नपरेको, विवाह गर्नुको औचित्य नदेखेको, प्रेरक व्यक्ति चाहिएको, मनले मन पराएको मान्छेलाई पतिको रूपमा पाउँदा कल्पना र उडानले सफलता हात पारेकोजस्ता विरोधाभाषपूर्ण कथा बुनेर पाठकलाई भ्रममा राख्न आफ्नो बालपन र यौवनका मीठा अनुभूति अनि अनुभवलाई लुकाएर एकैचोटि वयस्क भएपछिका प्रसङ्ग कोट्याएकी छिन् सत्य–तथ्यलाई लुकाएर । ती सत्य–तथ्य नलुकाईकन इमानदारीका साथ उनको र दुर्गाबीचको प्रेम प्रसङ्गलाई उजागर गरेकी भए उनले पुस्तकमा लेखेका अन्य प्रसङ्ग र घटनाक्रमलाई केही भए पनि सत्यमा आधारित छन् भन्ने मान्न कर लाग्थ्यो, तर सुशीलाले त्यो ठाउँ राखिनन् । त्यसो त राजनेतालाई पुनर्मिलन गराउने दुर्गा र सुशीलाको हैसियत के नै थियो र ?

सुशीलाभन्दा दुर्गा १२–१५ वर्ष जेठा छन् । एउटै घरमा बस्ने भएपछि सुशीला र दुर्गाबीच प्रेम अङ्कुरायो । विवाह गर्नुअगाडिको दुर्गा र सुशीलाको सम्बन्ध दाजुबहिनीको हो । सुशीला र दुर्गाबीचको अन्तरङ्ग सम्बन्ध परिवारलाई थाहा भएपछि धर्मपुत्र छोरोसरह हुने हुँदा छोरा र छोरीबीचको अनैतिक सम्बन्धलाई लिएर परिवारमा कलह भयो । छोरा र छोरीबीचको अनैतिक सम्बन्धको पिरले डिल्लीबहादुरले प्राण त्यागे ।

सत्य के हो भने सुशीला कार्की विराटनगरनिवासी डिल्लीबहादुर कार्कीकी छोरी हुन् । पुरोहितको छोरो टुहुरो केटो दुर्गा सुवेदीलाई डिल्लीबहादुरले धर्मपुत्रको रूपमा धनकुटाबाट विराटनगर आफ्नो निवासमा ल्याएर पालेका थिए । डिल्लीबहादुरकै भरणपोषणमा दुर्गा हुर्किएका थिए । सुशीलाको चरित्रको विषयमा अहिले पनि उनका छिमेकी र उनको परिवारलाई नजिकबाट जान्ने–बुझ्ने अनि सहपाठीले कानेखुसी गर्ने गरेका छन् । सुशीलाभन्दा दुर्गा १२–१५ वर्ष जेठा छन् । एउटै घरमा बस्ने भएपछि सुशीला र दुर्गाबीच प्रेम अङ्कुरायो । विवाह गर्नुअगाडिको दुर्गा र सुशीलाको सम्बन्ध दाजुबहिनीको हो । सुशीला र दुर्गाबीचको अन्तरङ्ग सम्बन्ध परिवारलाई थाहा भएपछि धर्मपुत्र छोरोसरह हुने हुँदा छोरा र छोरीबीचको अनैतिक सम्बन्धलाई लिएर परिवारमा कलह भयो । छोरा र छोरीबीचको अनैतिक सम्बन्धको पिरले डिल्लीबहादुरले प्राण त्यागे ।

सुशीलाको विवाहमा माइती पक्षको उपस्थिति नहुनुको कारण पनि त्यही थियो । अहिले पनि सुशीलाको माइतीमा आउ–जाउ छैन । यो कुरा विराटनगरवासी सुशीला–दुर्गाका साथीसङ्गी सबैलाई थाहा छ । म पनि विराटनगरवासी नै भएको हुँदा मलाई पनि सुशीला र दुर्गाको अन्तरङ्ग प्रसङ्गहरूबारे धेरै नभए पनि केही जानकारी छ । होइन भने सुशीलाले छातीमा हात राखेर भनून् । म दुर्गा र सुशीलाको निजी जीवनमा दखल दिन चाहन्नँ । मेरो सुशीलाप्रति कुनै पूर्वाग्रह छैन न त दुर्गा सुवेदीप्रति नै । मैले लेखेका प्रसङ्ग घटना सत्य–तथ्य अनि अनुसन्धानमा आधारित छन् । दुर्गा र सुशीलालाई मात्र नभएर आत्मवृत्तान्त लेख्ने सबै सत्जनहरूलाई मेरो एउटै मात्र अनुरोध छ– प्रसङ्ग र घटनाहरू प्रस्तुत गर्दा सत्य–तथ्यमा आधारित हुनुपर्छ ।

ओखलढुङ्गा र सोलुको टिम्बुरबोटे काण्डमा राम–लक्ष्मणसहित अन्य क्रान्तिकारीको उत्सर्गलाई लिएर दुर्गा सुवेदीले आफ्नो पुस्तक ‘विमान विद्रोह’मा ‘बीपीको थप्पड अध्याय’मा म कोठामा छिरेँ । बीपी एकदमै रातोपिरो एलर्ट हुनुहुन्थ्यो । उहाँले आऊ भन्नुभयो, बस भन्नुभएन । उहाँको हातमा एउटा कागज थियो । त्यो कागज मलाई देखाउँदै सोध्नुभयो– यो तिमीले लेखेको चिठी हो ? मैले हेरेँ । त्यो मैले नेपालका कुनै साथीलाई पठाएको चिठी थियो । मैले ‘हो’ भनेँ । यस्तो पनि लेख्ने हो ? बीपी निकै रिसाउनुभयो । ‘जे सत्य हो त्यही लेखेको हुँ,’ मैले भने । बीपीको रिस झन् बढ्यो । उहाँ झन् रातो हुनुभयो । बसेको ठाउँबाट जुरुक्क उठ्नुभयो र मेरो नजिक आएर यसरी क्रान्ति हुन्छ ? यस्तो पनि लेख्ने हो भन्दै मेरो गालामा दुई थप्पड हान्नुभयो ।

खलनायक दुर्गा सुवेदीले बीपीले दुई थप्पड हानेको कुरा इमानदारीपूर्वक लेखे, तर सत्य–तथ्य लुकाउँदै प्रसङ्ग बदलिएर । झापड सुवेदीले राम–लक्ष्मणसँग जोडेका छन् सरासर झुटको खेती गरेर । यथार्थ भने भिन्नै छ । टिम्बुरबोटे काण्डअगाडि नै सन् २०७४ को अगस्टतिर दुर्गा सुवेदीले विराटनगरका हरि सापकोटा, दुर्गा आचार्य (घिमिरे), जयहरि ढुङ्गाना, कृष्णबहादुर राउत र राजेन्द्र विरहीलाई कोइराला परिवारको चरित्र हत्या गर्दै उनीहरूको विरुद्धमा लाग्न उक्साउँदै चिठी लेखेका थिए । अस्वस्थ भई दिल्लीमा रहेका दुर्गा सुवेदीलाई दिल्लीबाट हिलसाइड सिमलामा केही समय आराम गर्ने व्यवस्था मिलाइदिए बीपीले ।

दुर्गाको साथी जानका लागि विनोद अर्यालमार्फत बीपीले बम्बईमा रहेका वसन्त भट्टराईलाई निर्देशन दिए । वसन्त दिल्ली गेस्टहाउस पुग्दा दुर्गा र विनोद त्यहीँ थिए । टी–टेबलमा हस्तलिखित ५ वटा चिठी थिए । दुर्गा, विनोद अनि वसन्त बाहिर घुम्न जाने तय भयो केही समयका लागि । वसन्त भर्खरै आइपुगेकाले फ्रेस हुन बाथरुमतर्फ लागे भने दुर्गा र विनोद पार्कतर्फ । यही मौकामा वसन्तले टी–टेबलमा रहेका चिठी पढे । चिठी पढेपछि वसन्त छाँगाबाट खसे । चिठी पढेपछि वसन्तले वबनोदलाई म तिम्रो आदेशले दुर्गाको साथी भएर सिमला जाँदिनँ, एकपल्ट सान्दाजुलाई भेट्छु, सान्दाजुले आदेश दिए मात्र जान्छु भनेर विनोदलाई भने । त्यसो भन्नुको अर्थ चिठीको विषयमा बीपीलाई जानकारी गराउनु थियो वसन्तको ।

वसन्तले बीपीलाई चिठीको व्यहोरा हुबहु जानकारी गराए । दुर्गा कहाँबाट चिठी ल्याउन बीपीले वसन्तलाई अह्राए । दुर्गा र विनोदको उपस्थितिमा चिठी ल्याउन नसकिने बताए वसन्तले बीपीलाई । वसन्तले नै जुक्ति निकाले । दुर्गा र विनोदलाई बीपीले भेट्न बोलाउने त्यसैबेला वसन्तले चिठी ल्याउने । दुर्गा र विनोद बीपीलाई भेट्न आएको मौकामा दुर्गाको सुटकेस फोरेर वसन्तले चिठी हात पारे । यो काण्डमा हो बीपीले दुर्गालाई दुई झापड हानेको । यो भनाइ हो जहाज अपहरण काण्डका नायक वसन्त भट्टराईको दुर्गा सुवेदीको विमान विद्रोह प्रकाशित भएपछि त्यसको आधिकारिता सम्बन्धमा वसन्तसँग मैले छलफल गर्दा ।

कसैप्रति पूर्वाग्रह अनि कसैप्रति आग्रहले भरिएका पुस्तकका पानाहरूमा आफै प्रत्यक्षदर्शी जस्तो भएर आफू मात्र होइन प्रयोग गरेका पात्रहरूलाई पनि त्यसै रूपमा प्रस्तुत गर्दै नेपाली काङ्ग्रेस काङ्ग्रेसका नेता तथा काङ्ग्रेसका शुभेच्छुलाई जबर्जस्ती विवादमा तान्ने, उछाल्ने कुटिल चाल चल्दै कसैलाई निशाना बनाउँदै सुवेदी र कार्कीले अतिरञ्जित तरिकाले जोडेका प्रसङ्ग अनि घटनाक्रमलाई आफू निर्दाेष र अरूलाई दोषी करार गर्ने धृष्टता गरेका छन् निर्लज्जताका साथ जिउँदालाई मात्र नभएर मरेकाको पनि छवि धुमिल गराउन हत्केलाले सूर्यलाई छेकेजस्तै गरेर ।

सुवेदी र कार्कीले आफ्ना लुकेका–लुकाइएका अन्य पाटा भने खोलेका छैनन् । विमान अपहरणका नाइके दुर्गा सुवेदीले नेपाली काङ्ग्रेसको र पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास रच्दै नेपालको न्यायालयको ६३ वर्षे इतिहासमा संसदबाट महाअभियोग प्रस्तावको सामना गरेकी सुशीला कार्कीले इतिहासको कसी र पाठकको कठघरामा उभिनुपर्नेछ ।

दुर्गा र सुशीलाका पुस्तकमा पात्र छनोट गर्दा यस्तालाई खोजी–खोजी उभ्याउने प्रयास गरिएको छ, जो कोइराला परिवारसँग विमति राख्थे । लेखक दुर्गा स्वयम् र केही पात्र त कोइराला परिवारको प्रखर विरोधी अनि उनकी श्रीमती सुशीला कार्की नेपाली काङ्ग्रेसलाई सत्तोसराप गर्दै काङ्ग्रेसको नाम पनि सुन्न नचाहनेका रूपमा अग्रपङ्क्तिमा रही स्थापित भइसकेका छन् समयकालमा । नेतृत्वतह अनि निर्णायकको भूमिकामा नरही साधारण कार्यकर्ताको रूपमा मात्र रहेका दुर्गा सुवेदीले पार्टीलाई ठूलै हानि–नोक्सानी नै हुने त्यस्तो के गद्दारी गरेका थिए र नेपाली काङ्ग्रेसले के–कति कारणले किन मार्नुपर्ने परिस्थिति सिर्जना भयो, वैधताको पुष्टि सुवेदीले गर्दैमा हुन्छ र ? पृष्ठभूमिमा दुर्गा सुवेदीले उब्जाएको प्रसङ्ग शाही नेपाल वायुसेवा निगमको हवाईजहाज अपहरण काण्डको ३० लाख भारुमध्ये केही चोरी भएको आलोकमा त गाँसिएको छ । कारणहरू दुर्गाले लुकाउनुमा प्रश्न गम्भीर उठेको छ । सुवेदी र कार्कीको पुस्तकले स्वयम् आफू कोबाट कसरी प्रयोग भए, कसले–कसलाई कहिले र कसरी प्रयोग गरे त्यसको केही छनकचाहिँ दिएका छन् । कोमामा रहेको बिरामीलाई मेसिनको सहायताले कृत्रिम सास दिएर जिउँदो बनाउन गरिएको असफल प्रयासजस्तै हो दुर्गा सुवेदीको ‘विमान विद्रोह’ अनि सुशीला कार्कीको ‘न्याय’ ।

आत्मवृत्तान्तको अहिले आएर रिसइवी साँध्ने अस्त्रको माध्यम बनेको अवस्था छ । आत्मवृत्तान्तले त वर्तमान पुस्तालाई मात्र नभएर भावी पिँढीलाई समेत दिशानिर्देश र मार्गदर्शन त्यस्तै गरेर प्रेरणा, प्रोत्साहन दिने खालका प्रसङ्ग र घटनाक्रमहरू पस्कनुपर्छ आमपाठकमाझ तब मात्र आत्मवृत्तान्तको सान्दर्भिकता अनि सार्थकता हुन्छ । विभिन्न कथा बुन्दै सत्य–तथ्य लुकाएर क्षणिकका लागि पाठकलाई उत्तेजना र आवेगमा ल्याउँदै आफूमा ध्यान केन्द्रित गराउनु अनि सहानुभूति खोज्नु आत्मवृत्तान्तको सफलताको मानक भने पक्कै पनि होइन । कुनै पनि प्रसङ्ग र घटनाक्रम प्रस्तुत गर्दा त्यसको आधिकारितामाथि प्रश्न उठ्नुहुँदैन । लेखकीय धर्म निभाएको हुनुपर्छ । विमान अपहरणका नाइके दुर्गा सुवेदीले नेपाली काङ्ग्रेसको र पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास रच्दै नेपालको न्यायालयको ६३ वर्षे इतिहासमा संसदबाट महाअभियोग प्रस्तावको सामना गरेकी सुशीला कार्कीले इतिहासको कसी र पाठकको कठघरामा उभिनुपर्नेछ । सुवेदी र कार्कीले आफ्ना लुकेका–लुकाइएका अन्य पाटा भने खोलेका छैनन् । आफूले मान, सम्मान अनि मर्यादा खोज्नेले अर्काको अपमान गर्ने अधिकार राख्दैन । आफूलाई मात्र असल चरित्र भएको दुहाई दिनेले अरूको चरित्र हत्या गर्न पाइँदैन, हेक्का रहोस् सुवेदी र कार्कीलाई ।

नेपाली काङ्ग्रेसका नेता प्रखर वक्ताका रूपमा चिनिएका नेपाली काङ्ग्रेसको इतिहासलाई नजिकबाट नियालेका, अनुभूत गरेका बौद्धिक व्यक्तित्व प्रदीप गिरीले दुर्गा सुवेदीद्वारा लिखित पुस्तक विमान विद्रोहको ‘अलिखित अध्याय’ शीर्षकमा सुवेदीका प्रशंसामा खर्चिएका शब्दले भने पङ्क्तिकारलाई कुरी–कुरी लाग्यो । अलिखित अध्याय पढ्दा प्रदीप गिरी र दुर्गा सुवेदीबीच म्याचफिक्सिङ भएको गन्ध आउँछ । प्रदीप गिरीले दुर्गाको ‘विमान विद्रोह’लाई गणेशमान सिंहको ‘मेरो कथाका पानाहरू’, बीपी कोइरालाको ‘आत्मवृत्तान्त’, गिरिजाप्रसाद कोइरालाको ‘आफ्नै कुरा’ लाई अवमूल्यन गर्दै ती पुस्तकहरूभन्दा उच्चकोटिको संज्ञा र दर्जा दिँदै दोषबाट सर्वथा मुक्त रहेको ठोकुवा गर्नु प्रदीप गिरीको बौद्धिकतामा कतै ह्रास आएको त होइन ? प्रदीप गिरीको उचाइ यति मात्रै हो त ? प्रदीप गिरी दुर्गा सुवेदीकै पङ्क्तिमा उभिनु दुर्भाग्य हो ।

प्रदीप गिरीकै शब्दमा यी अंशहरू ‘जीवनीकारहरूले आफ्नो जश बढाउने कुरा मात्र लेख्छन् । आफूलाई जश नदिने खालका घटनाक्रमहरू ठूलाबडाले समेत बिर्सने गरेको देखिन्छ । हाम्रा काङ्ग्रेसका नेताहरूले छाप्नुभएका किताबहरू तथा गणेशमान सिंहको ‘मेरो कथाका पानाहरू’, बीपी कोइरालको ‘आत्मवृत्तान्त’, गिरिजाप्रसाद कोइरालाको ‘आफ्नै कुरा’समेत यस दोषबाट मुक्त छैनन् । तर, दुर्गा सुवेदीजीको वर्तमान पुस्तक यस्तो दोषबाट सर्वथा मुक्त छ’ प्रदीप गिरीजस्तो नेपाली काङ्ग्रेसको चर्चित नेताले न्यायाधीशको भूमिका निभाउँदै गरेको एकपक्षीय फैसलाका अंशहरूले नेपाली काङ्ग्रेसको जीवन्त इतिहासलाई सायदै प्रभाव पार्ला । गिरी आफैं हल्का भए आफ्नो कद आफैँ घटाउँदै । आफ्नो शाख आफैँ गिराए । प्रदीपजस्तो परिपक्व नेतालाई यस्तो सुहाउँछ ? प्रदीप र दुर्गाको अन्तरंग सम्बन्धलाई मुद्दा बनाएर नेपाली काङ्ग्रेसका कार्यकर्ता अनि आमपाठकले औँलो ठड्याउने अनि आरोप लगाउनेखालको वातावरण स्वयम् गिरीले नै बनाउनुलाई यो पङ्क्तिकारले दुःखद रूपमा लिएको छ । यस मामलामा गिरी चुकेकै हुन् ।

प्रदीप गिरी र दुर्गा सुवेदीको लगनगाँठो कसाइले केही शङ्काचाहिँ पक्कै पनि उब्जाएको छ । सुवेदीले ‘विमान विद्रोह’मा उल्लेख गरेका प्रसङ्ग अनि घटनाक्रमहरूलाई हुबहु रूपमा सदर गर्दै नेपाली काङ्ग्रेसको इतिहासको आधिकारिताको प्रमाणपत्र दुर्गा सुवेदीलाई दिएका गिरीले नेपाली काङ्ग्रेसको इतिहासको कसी र कठघरामा एक न एक दिन उभिनुपर्ने अवस्था आउँदैन भन्न सकिँदैन, कतै इतिहासले गिरीलाई पनि दुर्गालाई बुझेजसरी नै बुझ्न नपरोस् । टिम्बुरबोटे काण्डलगायत अन्य घटनाक्रमलाई नजिकबाट जान्ने–बुझ्ने नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तासँग सम्पर्क र छलफल गर्दा उनीहरूको भनाइमा पञ्चायतद्वारा नेपाली काङ्ग्रेसमा घुसपैठ गराइएका केही गुप्तचरले बनारसदेखि नै नेपाली काङ्ग्रेसका हरेक गतिविधि पञ्चायती सरकारलाई दिने गर्थे । टिम्बुरबोटे काण्डमा पनि त्यही भएको हो । साना हतियार अनि गोला–बारुद, बम–ग्रिनेट धेरैजसो जनकपुर नाकाबाटै र ठगी दाहाल, गोकर्णबहादुर कार्की, खगेन्द्र दाहाल र लीलानाथ दाहालसमेत जनकपुरबाट पक्राउ पर्नुलाई केवल संयोग मात्रै नमानेर केही पात्रहरूलाई काङ्ग्रेसकै नेता–कार्यकर्ताले अझै पनि शङ्काको दृष्टिले हेर्ने गरेका छन् ।

दुर्गा सुवेदीले आफ्नो पुस्तक ‘विमान विद्रोह’मा बीपी कोइराला, गिरिजाप्रसाद कोइरालालाई मात्र नभएर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र प्रदीप गिरीलाई समेत विवादमा तानेका छन् । त्यस्तै गरेर सुशीला कार्कीले पनि ।

सुशीला कार्कीले कोइराला परिवार, शैलजा आचार्य र प्रदीप गिरीलाई विवादमा यसरी तानेकी छिन् आफ्नो पुस्तक ‘न्याय’मा । ‘मलाई आभास भएसम्म त्यसबेला प्रदीप दाइको कोइरालानिवाससँग सौहार्दपूर्ण सम्बन्ध थिएन । उहाँ भेट गर्न आउँदा सबैले राम्रोसँग बोलचाल गरेको पनि पाइनँ । उहाँ तुलसी गिरीको भतिजा भएर पनि हो कि ? पहिला शैलजा दिदी र प्रदीप दाइको खुब मिल्ती थियो अरे । म रहुन्जेल भने उहाँहरूबीच बोलचाल भएको पाइनँ ।’

सुशीलाले मात्रै नभएर दुर्गा सुवेदीले पनि प्रदीप गिरीलाई यसरी तानेका छन् आफ्नो पुस्तक ‘विमान विद्रोह’मा । ‘प्रदीप गिरी जवाहरलाल नेहरू विश्वविद्यालयमा गएर एमए पढ्न थाल्नुभएको थियो । डेरा पत्ता लगाएर भेट्न गएँ । उहाँसँग विद्यार्थी आन्दोलनकालदेखि नै घनिष्ट सम्बन्ध भएकाले भेटेर आफ्नो अवस्था अवगत गराएँ । प्रदीप गिरी पनि गिरिजाप्रसादको कोपभाजनमा परिसक्नुभएको रहेछ । ‘प्रदीपजीले भन्नुभयो, तपाईं माओवादीका नेताहरूभन्दा पहिले नै बीपी कोइरालाको असफल क्रान्तिकालको एउटा मिथक व्यक्ति हो ।’

कोइराला परिवारले प्रदीप गिरीलाई जासुसका रूपमा हेरेको प्रमाणित गर्न सुशीला र दुर्गाले खोज्नु अनि गिरिजाप्रसाद कोइरालाको कोपभाजनमा गिरी किन परे त्यसको कारण दुर्गा सुवेदी र स्वयम् प्रदीप गिरीले ‘विमान विद्रोह’मा नखुलाउनु त्यस्तै गरेर बीपी कोइरालालाई अवमूल्यन गर्दै सुवेदीलाई बीपी कोइरालाको असफल क्रान्तिको मिथक बनाउनु, क्रान्तिलाई असफलको संज्ञा दिनु गिरी सुशीला र दुर्गाको खोटो नियतमाथि शङ्का गर्ने ठाउँ रहेको छ ।

यी प्रसङ्गले कोइराला परिवारले प्रदीप गिरीलाई जासुसका रूपमा हेरेको प्रमाणित गर्न सुशीला र दुर्गाले खोज्नु अनि गिरिजाप्रसाद कोइरालाको कोपभाजनमा गिरी किन परे त्यसको कारण दुर्गा सुवेदी र स्वयम् प्रदीप गिरीले ‘विमान विद्रोह’मा नखुलाउनु त्यस्तै गरेर बीपी कोइरालालाई अवमूल्यन गर्दै सुवेदीलाई बीपी कोइरालाको असफल क्रान्तिको मिथक बनाउनु, क्रान्तिलाई असफलको संज्ञा दिनु गिरी सुशीला र दुर्गाको खोटो नियतमाथि शङ्का गर्ने ठाउँ रहेको छ । त्यस्तै गरेर दुर्गाले कृष्णप्रसाद भट्टराईलाई यसरी विवादमा तान्ने प्रयत्न गरेका छन्, ‘२०४८ को आमनिर्वाचनमा किसुनजीले खटाएका क्षेत्रमा भाषण गर्न गएँ । २०४८ मै झापामा काङ्ग्रेसको महाधिवेशन भयो । यसमा सहभागी हुन किसुनजीले पत्र पठाएरै निम्ता गर्नुभयो । २०४९ को स्थानीय चुनावमा किसुनजीले मलाई सप्तरीमा खटाउनुभयो । किसुनजीले त्यहाँका उम्मेदवार छान्ने अधिकार दिनुभएको थियो ।

‘तपाईं बाबुरामजीजस्तो विद्वान् नेताको सम्पर्कमा हुनुहुँदोरहेछ । म प्रधानमन्त्री भएपछि कृपया काठमाडौं आएर अवश्य भेट गर्नुहोला । तपाईंले विगतमा ध्वंसात्मक काम गर्नुभयो अब निर्माण कार्यमा संलग्न हुनुपर्छ’ कृष्णप्रसाद भट्टराईको यो प्रसङ्ग प्रदीप गिरीको निर्वाचन प्रचार–प्रसारमा जाँदा सिरहाको कल्याणपुर गाउँमा भनेको भन्दै सुवेदीले विमान अपहरण र बीपीको पछिल्लो चरणको आन्दोलनको मुद्दामा भट्टराईलाई समेत तानेका छन् । नेपाली काङ्ग्रेस परित्याग गरिसकेका दुर्गा सुवेदीलाई सभापति कृष्णप्रसाद भट्टराईले निर्वाचनमा खटाउँदै उम्मेदवार छान्नेसमेत अख्तियारी दिनु, हवाईजहाज अपहरण काण्डलाई ध्वंसात्मक करार गर्नु भट्टराईको किन र कोसँगको पूर्वाग्रह हो बुझ्न त्यति कठिन छैन ।

‘गणेशमानजीले राष्ट्रिय जनजागरण अभियान सुरु गर्नुभयो । उहाँले पार्टीका इमानदार र त्यागी नेताहरूलाई अभियानमा सहभागी हुन आह्वान गर्नुभयो । म पनि उहाँको आह्वानमा सामेल भएँ । मैले मोरङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिने भएँ । गिरिजाबाबु पनि यसै क्षेत्रबाट काङ्ग्रेस उम्मेदवार हुनुहुन्थ्यो । प्रदीप गिरीजस्ता नेताले त नोना कोइरालाले आफूलाई दिएको चुनाव खर्च सभापतिलाई भनेरै मलाई दिनुभयो ।’

यो प्रसङ्गमा निर्वाचनमा भट्टराई र गिरीले सुवेदीलाई जुटाइदिएको चुनाव खर्च उल्लेख गरेर सुवेदीले गणेशमान, कृष्णप्रसाद अनि प्रदीपसमेतलाई पनि विवादमा तानेका छन् ।

‘प्रदीप गिरीले अब आफू भारतमा बस्न नसक्ने र जेल पनि बस्न नसक्ने भन्दै यदि जेल नहाल्ने ग्यारेन्टी गर्ने हो भने आफू नेपाल आउन चाहेको भनेर सप्तरीका कम्युनिस्ट नेता कृष्णराज बर्मामार्फत त्यसबेलाका सगरमाथा अञ्चलाधीश महेशकुमार उपाध्यायलाई चिठी लेखे । एक दिन राति प्रदीप गिरी भारतबाट नेपाल आएपछि बर्मा, उपाध्याय र गिरीका बीच वार्ता भएछ । वार्ता सकारात्मक भएपछि अञ्चलाधीशको गाडीले नै प्रदीपजीलाई घर पुऱ्याइदिएछ ।’ यो भनाइ हो दुर्गा सुवेदीको उनैद्वारा लिखित पुस्तक ‘विमान विद्रोह’मा ।

प्रजातन्त्र स्थापनाका लागि नेपाली काङ्ग्रेसले सङ्घर्ष गर्दै गर्दा प्रदीप गिरीले निरङ्कुश तानाशाही राजाका प्रतिनिधि अञ्चलाधीशसँग गोप्य भेटवार्ता अनि साँठगाँठ गर्नुलाई त्यसबेला काङ्ग्रेसले के बुझेको थियो ? वर्तमान अनि भावी पुस्ताले गिरीलाई कसरी बुझ्ने ? प्रदीप गिरीबाट के प्रेरणा लिने ? के सिक्ने ? प्रश्नहरू अनुत्तरित नै छन् ।

प्रदीप र दुर्गा को हुन्, के हुन्, उनीहरूको विगत र वर्तमानबारे लेखकलाई भन्नु केही छैन । मेरो खोजी–नितीको विषय पनि होइन । यो विषय सरोकारवालाको हो । मेरो अध्ययनले उनीहरू कोइराला परिवारविरुद्ध कोइरालाविरोधी समूहबाट उभ्याइएको पात्रको रूपमा देखाउँछ । यसो भन्दै गर्दा उनीहरूको भूमिका र योगदानको मैले अवमूल्यन गर्न प्रयास गरेको रूपमा नबुझियोस् । उनीहरूप्रति मेरो सम्मान नै छ । मेरो एउटै जिज्ञासा छ पार्टीविरोधी गतिविधिमा लाग्दासमेत उनीहरूमाथि पार्टीले किन अनुशासनको कारबाही गरेन ?