बर्षासँगै उच्च हिमाली भेगमा हिमपात (तस्बिरसहित)

बर्षासँगै उच्च हिमाली भेगमा हिमपात (तस्बिरसहित)


बर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमपातका कारण चिसो पनि बढेको छ । मनाङ, मुस्ताङ, रसुवा, गोरखा, दोलखा, हुम्ला, जुम्ला, ताप्लेजुङ, मुगु लगायतका जिल्लाहरुमा हिमपात भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ ।


हिमपातका कारण मनाङका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । उता मुस्ताङस्थित जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायतका सबै क्षेत्रमा हिउ परेको छ । सडकमा एक फिटसम्म बाक्लो हिउँ परेपछि यातायात सेवा आवतजावत बन्द भएको छ । हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ यद्यपी बेनी–जोमसोम सडकको यातायात भने सुचारु रहेका छन् ।


चिसो बढेसँगै घर बाहिर निस्कन नसकिने भएसँगै यस क्षेत्रका बासिन्दा घर भित्रै आगो तापेर बसेका छन् । हिमपात र हल्का वर्षाका कारण चौपायाहरु चरनमा जान सकेका छैनन् अधिकांश स्थान सुनसान देखिन्छन् ।


हिमपात भएका जिल्लका सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।


किसानहरु भने वर्षा र हिमपातले सिँचाइ हुने र बालिनाली सप्रिने भन्दै हर्षित छन् ।