काठमाडौं जिल्लाले निःशुल्क प्रशिक्षण दिने

काठमाडौं जिल्लाले निःशुल्क प्रशिक्षण दिने


काठमाडौं जिल्ला खेलकुद विकास समितिले काठमाडौंमा रहेका सामुदायिक विद्यालयमा निःशुल्क प्रशिक्षण दिने भएको छ । त्यसका लागि सम्बन्धित जिल्लाले समितिमा सम्पर्क गर्नुपर्ने समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् ।

‘नयाँ अभियानका रूपमा हामीले यो प्रयासको थालनी गरेका हौँ । यसका लागि इच्छुक सामुदायिक विद्यालयले हामीसँग सम्पर्क गरेको खण्डमा हामीसँग उपलब्ध विभिन्न खेलका प्रशिक्षकलाई सम्बन्धित विद्यालयमा प्रशिक्षणका लागि पठाउने व्यवस्था गर्नेछौँ । खेल सामग्री पनि हामी नै उपलब्ध गराउनेछौँ । यो कार्यका लागि कुनै शुल्क लाग्नेछैन,’ अध्यक्ष न्यौपानेले भने ।