तीन दिवसीय तालिमको शुल्क झण्डै तीन लाख !

तीन दिवसीय तालिमको शुल्क झण्डै तीन लाख !


जापानी नागरिक कोजु मात्सुजुवाले प्रशिक्षण दिने भन्दै ललितपुरमा ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तर, यो तालिमका लागि बुझाउनु पर्ने शुल्क भने सुन्दैमा अत्यासलाग्दो छ ।

यही माघ २९ देखि आगामी फागुन २ सम्म जम्मा तीन दिन आयोजना हुन लागेको उक्त तालीमका लागि प्रशिक्षार्थीले दुई लाख ८७ हजार ५०० भुक्तानी गर्नुपर्ने बताइएको छ ।

कफी एकेडेमी (ललितपुर)मा सञ्चालन हुन लागेको तालिममा तीन दिनको लागि उल्लेखित रकम बुझाउनुपर्ने एकेडेमीका अध्यक्ष डा. राजकुमार बञ्जाराले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको एकेडमीको भनाई छ ।