विश्वकै जेठा व्यक्तिको निधन

विश्वकै जेठा व्यक्तिको निधन


विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ वर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् ।

राइट दाजुभाइले पहिलो उडान गराएको दुई वर्षपछि सन् १९०५ मा उनको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सिस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए ।

‘यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,’ उनकी नातिनी युकोले भनिन् ।

नोनाकाको ६ दाजुभाइ र एक बहिनी थिए । उनले १९३१ मा विवाह गरेका थिए भने पाँचजना सन्तान थिए ।