श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या


कैलालीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । कैलालीको जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरेको केहीबेरमै आत्महत्या गरेका हुन् । उनले श्रीमती रमालाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान साढे ६ बजेति बन्चरो प्रहार गरी र श्रीमती रमाको हत्या गरेपछि प्रेम झुन्डिएका थिए । स्थानीयले झुुन्डिएका प्रेमको पासो काटेर अस्पताल लगे पनि उनको उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवैको शव टीकापुर अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ ।